बराह गोल्डकप: आयोजक र रेडहर्ष क्लव विच प्रतिष्पर्धा हुदै, उद्घाटनमा जागृति क्लव विजयी

भरतराज शर्मा(गोपाल)

धरान (सुनसरी) फागुन २७ ।  सुनसरीको बराहक्षेत्र नगरपालिकामा सञ्चालित तेसो्र अन्तर्रा्ष्ट्रिय फुटवल गोल्ड कपमा आज आईतवबार न्यू स्टार क्लव आयोजक र रेडहर्ष क्लव इलाम विच प्रतिष्पर्धा हुदैछ । खेल दिउँसो ३ बजेपछि न्यू स्टार क्लव भरौलको आयोजनामा हुनेछ भने गोल्डकप वराहक्षेत्र – ५ भरौलको खेल मैदानमा शनिबार देखि शुरु भएको हो ।

यसैबीच हिजो भएको उदघाटन खेलमा राष्ट्रिय जागृति क्लव इटहरी विजयी भएको हो । ७० मिनेटको प्रतिस्पर्धात्मक खेलमा दुवैतर्फबाट गोल हुन नसके पछि खेल ट्राइव्रेकरमा टुंगिएको थियो । ट्राइव्रेकरको क्रममा वराह ट्रेनिङ्ग सेन्टरले ४ गोल र राष्ट्रिय जागृति क्लव इटहरीले ५ गोल १ गोल अन्र्तरले राष्ट्रिय जागृति क्लव इटहरी विजयी भएको हो ।

खेलको म्यान अफ दी म्याच वराह ट्रेनिङ्ग सेन्टरका जर्सी नं. ३ का रवीन खड्का घोषीत हुदै नगद ५ हजार समेत पाएका छन ।

खेलको बिजेताले २ लाख, र दोस्रो हुनेलाई नगद १ लाख तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वा्धिक गोल कर्तालाई १० हजार, म्यान अफ दी म्याच प्रत्येक खेलकोलाई ५ हजार, तथ राइजिङ्ग प्लेयरलाई नगद ५ हजारले पुरस्कृत गरिने आयोजक न्यू स्टार क्लवका अध्यक्ष भेषराज कार्कीले जानकारी दिइएको छ ।

सासंद भिम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुनसरी १ नं प्रदेशकी सासंद उमिता बराईली,वराह नगरपालिकाका मेयर निलम खनाल, उप–मेयर कमला मगर लगायतको उपस्थिती रहेको थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *