राज्यको नजर समान हुनुपर्छ, रेशम चाैधरीलार्इमात्रै दाेषी देख्नु के जायज हाे ? – विद्यार्थि नेता मैनाली

केही कुरा बोल्न करै लाग्छ झन् सम्बन्धित जिल्लाबासी अनि राजनितीलार्इ जिन्दगीमा महत्त्वपूर्ण स्थान दिर्इ सकेपछि नबोली बस्न सकिएन । कुरा सुरु गरौँ टिकापुरको दुख र देखिएका केही आश्चार्यपुर्ण घटनाबाट ।

नेपाल प्रहरीका एसएसपीसहित ८ जना प्रहरी र एक नाबालक गरी ९ जनाको ज्यान गएको टिकापुर घटना अहिलेसम्म पनि मानिसहरूका दिमागबाट पुर्णरूपमा हटीसकेको छैन । घटना पछि टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लाग्यो रेसम चौधरीलार्इ । उनलार्इ पक्राउ गर्न खोजिरह्यो प्रहरीले तर उनी सधैँ फरार सुचीमै रहे पक्राउ परेनन् ।

चुनाव आयो, अप्रत्याशित घटना अर्को घट्यो, कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारका रूपमा उनै रेसम चौधरीले टिकट पाए । वातावरण सबैले सोचे भन्दा फरक बन्दै गयो । चौधरीले अप्रत्याशित रूपमा अनअपेक्षित रूपमा मत प्राप्त गरेपछि सबैले अचम्म मान्दै कुरा गरिरहे । उनले चुनाव जिते ।

टीकापुर घटनाका मुख्य अभियुक्तको आरोपमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका रेसमले चुनाव जिते के उनलाई प्रहरीले पक्राउ गर्लारु यो प्रश्न धेरैको मनमा उब्जिरह्यो ।

उता प्रहरी प्रशासनले ‘चुनाव जितेर आउने कुरा सरोकारको विषय होइन, फरार अपराधी भेटिएमा पक्राउ गरिन्छ’ भनी रह्यो भने चौधरीले आफ्ना लागि सिंहदरबारको ढोका खुल्ने दाबी गरे । घटनाक्रम यहाँ सम्म पुग्यो ।

अहिले रेसम चौधरीलार्इ सांसद हुनबाट रोकिएको छ वा रोक्ने प्रयास हुँदै छ वा सक्नेले केही गर्दै होलान् । अहिलेका सत्य यही हो उनले टिकट पाएर मात्रै चुनाव लडेका हुन । निकै मतान्तरमा जितेकै हुन, सत्य यही हो ।

यदि टिकट पाउनु पनि कानुन बमोजिम वा न्यायसंगत थियो भने रेशमलाल चौधरी र लक्ष्मण चौधरी चुनाव लड्न दिनुहुँदैन थियो । भने अर्को तिर गरिब थारुहरूको घरमा आगजनी गर्ने उपर पनि कडाइका साथ कारबाही हुनुपर्थ्यो ।

राज्यको कानुन चुकिसकेको छ, अझ भन्ने हो भने यी दुई त प्रयोग गरिएका कारिन्दा हुन यिनलार्इ प्रयोग गर्ने अमरेश सिंह जस्ता, विजय कुमार गच्छदार जस्ता चाही खुलेआम घुम्न पाउने अरुचाही कोठरिमा ?

यस्तो दुई चरित्रको कानुनले देशलाई नै अफ्ठेरो पार्नसक्छ । त्यसो हुँदा मिलिसकेको सामाजिक सद्भभावलाइ बिगार्न काम राज्यले गर्नु हुँदैन । अब पीडितलाई कसरी न्याय दिने त्यो राज्यको काम हो।

अन्त्यमा, म रेसम र लक्ष्मणको पक्षमा होइन तर कुरा यति हो कि राज्यको नजर समान हुनुपर्छ । यदि जेल नै राख्ने हो र कारबाही गर्ने हो भने निर्देशन दिने, निर्देशन मान्ने र घरमा आगो लगाउने सम्पूर्णलाई कारबाही गरियोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *