मन्त्रालयको संख्या बढाउने प्रधानमन्त्री ओलीकाे तयारी, १८ मन्त्रालयलाई बढाएर २१ पुयार्उने

काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको संख्या बढाउने आन्तरिक तयारी थाल्नुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले जम्मा १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गर्नुभएको थियो । तर, राष्ट्रिय जनता पार्टी र संघीय समाजबादी फोरम पनि सरकारमा सहभागि हुनेभएपछि उहाँ आफ्नै निर्णयमा पुर्नविचार गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले १८ मन्त्रालयलाई बढाएर २१ पुयार्उने तयारी गर्नुभएको छ । मन्त्रालय बढाउने बारे औपचारिक निर्णय गरेर मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ । सकेसम्म यहि हप्ताभित्र मन्त्रीमण्डललाई पूर्णता दिने गरि तयारी भइरहेको जनसंख्या तथा वातावरण मन्त्री लालबावु पण्डितले जानकारी दिनुभयो ।

राजपा र फोरमलाई २-२ वटा मन्त्रालय दिने तयारी प्रधानमन्त्री ओलीको छ । फोरम नेपालले यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको छ । मन्त्रालय बाडफाँडमा कुरा नमिलेपछि तत्काल मन्त्रिमण्डल विस्तार हुन नसकेको सत्तारुढ दलका नेताले नै बताउदै आएका छन् । एमाले, माओवादी, फोरम र राजपा मिलेर सरकार बन्दा दुई तिहाई भन्दा बढिको सरकार बन्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *