ट्रम्प र किम जोङ उनबीचको भेटवार्ता अघि अमेरिकाले राख्यो केही सर्त

काठमाडौं, फागुन २६ । अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको बहुचर्चित भेटवार्ताका बारेमा केही सर्त अघि सारेको छ ।

अमेरिकाले भेटवार्ता गर्नुअघि केही ठोस कदम उत्तर कोरियाले चाल्नुपर्ने सर्त अघि सारेको हो ।अमेरिकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गरेपछि मात्र राष्ट्रपति ट्रम्पले भेटवार्ता गर्ने बताएका छन् । यसअघि उत्तर कोरियाली नेता किमले पठाएको निमन्त्रणापत्र स्वीकार गर्दा ट्रम्पले कुनै सर्त राखेका थिएनन् ।

ह्वाइट हाउसका प्रवक्ता सेरा सेन्डर्सले पत्रकार सम्मेलन गर्दै उत्तर कोरियाले यसअघि गरेका प्रतिबद्धता पूरा नगरेसम्म राष्ट्रपति ट्रम्पसँग भेटवार्ता नहुने बताए । तर उनले उत्तर कोरियाले कस्ता प्रतिबद्धता पूरा गर्नुपर्ने र के कदम चाल्नुपर्ने भन्ने स्पष्ट पारेनन् । उनले उत्तर कोरियाको बोली र व्यवहारबीचको अन्तर भने हुन नहुने बताए ।

सेन्डर्सले उत्तर कोरियाले परमाणु हतियार त्याग्ने र मिसाइल परीक्षण गर्न बन्द गर्ने प्रतिबद्धता यसअघि जनाएको बताए । उनले अमेरिकाको सैन्य अभ्यास भने जारी रहने बताए । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *