प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बाले पाए दुई तिहाई मत

पोखरा, फागुन २५ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई तिहाईको बहुमत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा गुरुङले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ भने विपक्षमा १७ मत परेको छ ।

एमाले र माओवादीको समर्थनबाट गएको फागुन ४ गते मुख्य मन्त्री बनेका गुरुङलाई संसद सभामा राष्ट्रिय जनमोर्चाले समेत समर्थन गरेको छ । जनमोर्चा यस अघि प्रतिपक्षमा थियो । सत्तारुढ दल एमालेको २७ माओवादीको १२ मत थियो भने जनमोर्चाको ३ मत पनि थपिएको छ ।

विपक्षमा कांग्रेसको १५ र नयाँशक्तिको २ गरि १७ मत परेको छ । प्रदेश ४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएका राजिव गुरुङ दिपक मानाङ्गे भने लगातार अनुपस्थित भए । सभामुख नेत्र अधिकारीले पनि मतदान गरेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *