एन आई सी एशिया को नयाँ शाखा भिमफेदीमा

काठमाडौँ, फागुन २५ । एन आई सी एशिया बैंकले मकवानपुरको भिमफेदीमा नयाँ शाखा विस्तार गरेको छ । भिमफेदी बजारमा शाखाको उद्घाटन भिमफेदी गाँउपालिकाका अध्यक्ष  हिदम लामाले एक समारोहका बीच गरेका थिए ।

एन आई सी एशियाले मुलुकभर १८१ शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु उपलब्ध गराएको छ । साथै प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भैसकेको छ ।

बैँकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुबीच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ र ‘समुन्नति प्लस बचत खाता’ सञ्चालनमा ल्याएको छ । १ बर्ष अवधिकोे धनवर्षा मुद्धती खातामा वार्षिक १२% का दरले मासिक रुपमा ब्याज भुक्तानी गरिनुका साथै अन्य आकर्षक बिशेषताहरु पनि रहेका छन् भने ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १०% का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना समेत बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *