महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादीकाे निर्णय

काठमाडौं, फागुन २५ । माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको माओवादी बैठकले नेता महरालाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो । त्यसका लागि शुक्रबार विहानसम्म लबिङ गरेको थियो ।

तर, माओवादीले सभामुख दिन नसकिने भन्दै महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *