नेपाली र चिनियाँ महिलाबीच सम्बन्ध स्थापना गरिने

काठमाडौँ, फागुन २४ । एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालका लागि चीनका राजदूत यु होङले आज विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् ।

सो अवसरमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक क्षेत्रमा महिलाको सहभागिता राम्रो देखिए तापनि आर्थिक, सामाजिक रुपमा अझै अघि बढ्न नसकेको बताउँदै बालविवाह, दाइजो, छाउपडीजस्ता कुरीति हटाउनुपर्ने चुनौती रहेको उल्लेख गरे ।

नेपालका लागि चीनका राजदूत यू होङले नेपाल चीनबीच लामो सम्बन्ध रहेको र आगामी दिनमा नेपाल र चीनका महिलाबीच पनि सम्बन्ध स्थापना गर्न प्रयास गरिने बताए । सो अवसरमा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला, एकीकृत (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसाल, महिला नेत्री, सांसद र सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *