सामाजिक सञ्जालमा ‘नेपाल बन्द’को प्रचार गर्ने गुरुङ पक्राउ

काठमाडौँ, फागुन २४ । सामाजिक सञ्जालमार्फत ‘फागुन २५ र २६ गते नेपाल बन्द’ भन्दै प्रचार गर्ने समुहका एक ब्यक्ति पक्राउ परेका छन् ।

आफूलाई पूर्व जनमुक्ति सेना भन्ने रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङले सामाजिक सञ्जालमा बन्दको हल्ला फैलाएर आतंक मच्चाएको प्रहरीको आरोप छ । गुरुङलाई काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरीले काठमाडौंको न्युरोडबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।

परिसर प्रमुख एसएसपी ईश्वरराज पोखरेलले भने, ‘विभिन्न सोसल मिडियामा शुक्रबार र शनिबार नेपाल बन्द भनेर आम मानिसलाई आतंक फैलाएका छन्। त्यसैले हामीले उनलाई पक्राउ गरेका हौं। उनको बारेमा थप अनुसन्धान गरिरहेका छौं ।’

पूर्व जनमुक्ति सेनाको नाममा ४ बूँदे माग राखेर दुई दिन नेपाल बन्द भन्दै सोसल मिडियामा प्रचारबाजी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *