कोरियन भाषा परीक्षा जेठ २६ र २७ गते

काठमाडौं, फागुन २४ । दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने ईपीएस परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ । यस पटक इपीएस भाषा परीक्षा काठमाडौं र पोखरामा समेत हुने भएको छ । परीक्षाको नतिजा आगामी असार १६ गते प्रकाशित हुनेछ ।

परीक्षा हुने स्थल, केन्द्र, दिन तथा आफ्नो सिफ्टसम्बन्धी विस्तृत जानकारी जेठ १८ गते प्रकाशन गरिने ईपीएस शाखाले बताएको छ । भाषा परीक्षाको लागि फर्म भर्न चैत ८ देखि १७ गतेसम्म १० दिनको समय राखिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

गत वर्षदेखि अनलाइन आवेदन प्रणाली सुरु गरेको एचआरडी कोरियाले फर्म भर्न लाइनमा बस्नु नपर्ने जनाएको छ । देशैभरका जुनसुकै ग्लोबल आईएमई बैंकमा २४ अमेरिकी डलर ९करिब २४ सय रुपैयाँ० जम्मा गरी १० दिनभित्रमा आवेदन फर्म भर्न सकिने ईपीएस नेपाल शाखाका अधिकृत शोभाकर भण्डारीले बताए ।

कोरियाले आगामी वर्षका लागि ७ हजार १ सय जना कामदारलाई परीक्षाबाट छनोट गर्ने भएको छ । त्यसमध्ये उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ८ सय जना र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार ३ सय जनालाई उत्तीर्ण गराउने भएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *