महिला दिवसकाे अवसरमा निःशुल्क स्वास्थ्य परिक्षण

काठमाडौं, फागुन २४ । एभरेष्ट बैंकले १०८ औं महिला दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परिक्षण र अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रम बैंकको पुलचोक शाखामा आयोजना गरिएको हो । ८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउँदै आइएको छ ।

बैंकले उक्त कार्यक्रम नर्भिक अस्पतालसँगको सहकार्यमा संचालन गरेको थियो । स्वास्थ्य क्याम्पमा २०० जना मानिसले विभिन्न बिषेशज्ञ डाक्टरहरुबाट सेवा लिएका थिए । क्याम्पमा गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिकलगायतका रोग बिषेशज्ञले बिरामीको चेक जाँच गरेका थिए ।

अन्र्तक्रिया कार्यक्रमको संयोजन भने बरिष्ठ सर्जन विषेशज्ञ डाक्टर ज्योति रायमाझीले (राणा) गरेका थिए । उनले कार्यक्रममा महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने वा समयमा नै थाहा पाउने भन्ने बिषयमा आफ्नो मन्तब्य राखेका थिए ।

बैंकले आफ्नो उत्कृष्ट सेवा देशभर फैलिएर रहेका ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९६ एटिएम मेशिनहरुबाट दिदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *