झुक्याएर विरामी ठगी गर्ने दुई दलाल पक्राउ

विराटनगर, फागुन २४ । पछिल्लाे समय प्रदेश १ काे राजधानी विराटनगर स्वास्थ्याेपचारकाे हव बन्दै गर्इरहेकाेमा छ । विराटनगरमा निजी क्षेत्रबाट सञ्चालनमा अाएका विभिन्न स्वास्थ्य संस्था र मेडिकल कलेजले अत्याधुनिक स्वास्थ्य सेवा सञ्चालन गरेसँगै क्षेत्र नं. १ का जनता उपचारका लागि विराटनगर धाउने क्रम बढेकाे छ ।

स्वास्थ्याेपचारमा प्रदेशकाे हव बन्दै गर्दा विभिन्न विकृति विसंगति समेत नभित्रिएका हैनन् । अहिले विराटनगरमा सञ्चालित निजी क्लिनिकहरूले सर्वसाधारण जनतालार्इ दिउसै ठगेकाे घटना बाहिरिन थालेका छन् । विराटनगरमा सञ्चालित केहि क्लिनिकहरूले दलाल मार्फत विरामी संकलन गर्ने फेला परेकाे छ । हिजाे बुधबार विराटनगरबाट बिरामी ठगी गर्ने दुई जना दलाललाई मोरङ प्रहरीले पक्राउ गरेको छ । कमिसनको लोभमा विरामीहरुलाई ठगी गरेकाे भन्दै मोरङ प्रहरीले दुर्इ जनालार्इ पक्राउ गरेको हो ।

शादा पोशाकमा खटिएका प्रहरीले सप्तरीको राजबिराज घर भई विराटनगरमा डेरा गरी वस्ने ३२ वर्षीय सिताराम सरदार र जनकपुर घर भइ विराटनगर बस्ने उमेश महतोलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरुले दलालले उपचारको लागि विराटनगर आएका विरामीलाई हस्पिटल चौकमा रहेको राजु साहले सञ्चालन गरेको नेशनल क्लिनिकमा जबरजस्ती र झुक्याएर लैजाने गरेका थिए । विरामीलाई लगेवापत क्लिनिकले दलाललाई एक पटकमा ५ सय रुपैयाँ दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

विराटनगरको हस्पिटलमा चौकमा रहेका अधिकांश क्लिनिक र कतिपय निजी अस्पतालहरुले पनि विरामी ल्याउन कमिसन दिएर दलालहरु परिचालन गर्ने गरेका छन् । ती दलालहरुले विराटनगरको बसपार्कसहितका विभिन्न स्टेण्डमा बसेर विरामीलाई झुक्याएर आफ्नो कमिसन आउने क्लिनिक तथा अस्पतालमा लैजाने गरेका छन् । यसरी दलाल प्रयोग गरी विराटनगरमा क्लिनिकले विरामी ठगी गरेको पाइएपछि मोरङ प्रहरीले विशेष निगरानी गर्दै आएको जनाएको छ । पक्राउ परेका दलाललाई प्रहरीले थप अनुसन्धानपछि मुद्दा चलाउने मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *