एमाले दुई कित्तामा विभाजित: अध्यक्ष ओलीको आलोचना

काठमाडौं, फागुन २४ । राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर  नेकपा एमाले दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान राष्ट्रपतिलाई दोहोर्याउने वा नदोहोर्याउने भन्ने विषयमा नेताहरुबीच निकै बेर विवाद भयो ।

करिब सात घण्टासम्म चलेको बैठकको अन्त्यमा झलनाथ खनालले दाबी छाडेपछि राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्याउने निर्णय भएको थियो । माधव कुमार नेपालको जन्मदिनको केक काटेर साँझ ६ बजे सुरु भएको बैठक सकेर एमालेका नेताहरु बालुवाटारबाट बाहिरिँदा रातको १ बजेको थियो ।

दोस्रो तहका नेताहरु कसलाई राष्ट्रपति बनाउने भनेर विभाजित भए पनि शीर्ष नेताहरुले यस विषयमा आफ्नो धारणा स्पष्टसँग राखेका थिएनन् । माधव नेपालले अध्यक्ष को कार्यशैली ठिक नभएको भन्दै आलोचना गरेका थिए ।  बैठकमा प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको समेत आलोचना भएको थियो ।

महत्वपूर्ण निर्णय गर्नुपर्दा अन्तिम समयमा मात्रै बैठक बोलाउने, पहिलो अजेन्डा केही पनि नभन्ने र पार्टी विधिअनुसार नचलेको भन्दै अध्यक्ष ओलीको आलोचना भएको थियो ।’संसदीय दलको बैठकबारे जानकारी समेत ढिलो गरियो । अन्य विषयमा निर्वाचन समिति गठन हुन्थ्यो । संसदीय दलमा त्यो पनि भएन ।’ उपमहासचिव घनश्याम भुसाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी थियो ।’

फागुन ३ गते दिउँसो भएको बैठक सुरु हुन लाग्दा मात्रै खबर भएको भुसालले बताए ।  राष्ट्रपतिबाट बिहान प्रधानमन्त्री नियुक्त भएका ओलीलाई दिउँसो एमाले संसदीय दलको नेता सर्वसम्मत रुपमा चुनेको थियो । बैठकमा पार्टीको कार्यशैलीप्रति आलोतना गर्दै उपमहासचिव भुसालले नोट अफ डिसेन्ट लेख्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *