नेपाल आइडल २ को अडिसन चैतबाट

काठमाडौँ, फागनु २३ । नेपाल आईडलको दोस्रो संस्करण हुने भएको छ । अन्तरास्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ पहिलो सिजनले सोचेभन्दा बढि सफलता पाएपछि दोश्रो सिजन पनि हुने भएको हो ।

केही समय अघि दोश्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले भर्खरै अडिसन मिति र स्थान पनि सार्बजनिक गरेको छ । टेलिभिजनले दोस्रो सिजनको अडिसन आउँदो चैतबाट हुने बताएको छ । देशका कुना कन्दरामा बसेरा आफ्नो गायन कलालाई तिखार्दै बसेकाहरुको लागि यो निकै ठूलो अवसर र स्थान बनेर आएको छ ।

पहिलो सिजनमा देशभरको ७ मुख्य सहरमा भएको थियो । दोस्रो सिजनमा भने ६ सहरमा मात्र हुने बताईएको छ । चैत ६ गते भईरहवाबाट शुरु हुने अडिसन चैत ११ गते धनगढीमा हुनेछ भने २०७५ वैशाख ३ गते हेटौंडामा, वैशाख ८ गते धरानमा र वैशाख १४ गते पोखरामा हुने आयोजकले जानकारी दिएका छन् । अडिसनको फाईनल काठमाडौंमा हुने जनाइएको छ ।

नेपालआईडलको दोश्रो सिजनको मुख्य प्रायोजकमा ओप्पो मोवाइल नै रहेको छ । ओप्पोले पहिलो सिजनमा पनि मुख्य प्रायोजन गरेको थियो । आयोजकले दोस्रो सिजनका विजेतालाई के पुरस्कार दिने खुलाएका छैनन् ।

नेपाल आईडल पहिलो सिजनका विजेता पोखराका बुद्ध लामा भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *