ट्रम्पका आर्थिक मामिलाका प्रमुख सल्लाहाकार ग्यारी कोहनद्धारा राजीनामा

काठमाडौं, फागुन २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक मामिलाका प्रमुख सल्लाहाकारले राजीनामा दिएका छन् । ह्याइट हाउसका आर्थिक मामिलाका प्रमुख सल्लाहाकार रहेका ग्यारी कोहनले राजीनामा दिएको बीबीसीले जनाएको छ । ग्यारी खुल्ला व्यापारको समर्थक भएको र ट्रम्पको पछिल्लो आर्थिक नीतिमा असन्तुष्टि जनाउँदै ग्यारीले राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ ।

राजीना गर्दै ग्यारीले आफूले राष्ट्रपति ट्रम्पको प्रशासनमा काम गर्न पाएकोमा खुशी भएको उल्लेख गरेका छन् । ट्रम्पले भर्खरै आल्मोनियम र स्टिलको आयातमा भारि कर वृद्धि गर्ने बताएका थिए ।

उक्त योजनाले अर्थतन्त्रमा ठूलै कायापलट गराउने भन्दै त्यसको चौतर्फी आलोचना भैरहेको थियो । यस्तो अवस्था ट्रम्पका उच्चस्तरिय आर्थिक मामिलाका सचेतकले राजीनामा दिएपछि पछिल्लो अमेरिकाको नीतिमा परिवर्तन हुनसक्ने आशंका गरिएको छ ।

तर ट्रम्पले ट्वीट गर्दै चाँडै नै नयाँ आर्थिक सल्लाहाकार नियुक्त गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *