रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

काठमाडौं, फागुन २३ । पेरिस सेन्ट जर्मेइन पीएसजीलाई ५–२ ले हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ ।

रियलको जितमा रोनाल्डो र कासिमिरोले दोस्रो हाफमा १–१ गोल गर्दा गरे ।  दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको पीएसजीका लागि इडिन्सन कभानीले गोल गरेपछि दोस्रो लेगमा रियल मड्रिड २ –१ ले विजयी भयो ।

पहिलो लेगमा हात पारेको ३–१ को जितका कारण केही सहज स्थितीमा रहेको रियल मड्रिडलाई पीएसजीले आफ्नो मैदानमा केही दवाव दिएको थियो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५१ औं मिनेटमा लुकास भाज्क्वेजको पासमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए ।

६६ औं मिनेटमा मिडफिल्डर मार्को भेराट्टी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडमा सिमित भयो । तर त्यसको पाँच मिनेटपछि इडिन्सन कभानीले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे । ८० औं मिनेटमा कासिमिरोले गोल गरेपछि पीएसजीको यात्रा रोकिन पुग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *