संघीय संसदमा संघीयताको विरोध

काठमाडौं, फागुन २२ । संसदको बैठकमा बोल्ने अधिकांश नेताहरुले संघीयताको बखान गरिरहँदा राष्ट्रिय जनमोर्चाका सांसदले भने संघीयताको विरोध गरेका छन् ।

मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आफ्नो पार्टीको संघीयता विरोधी अडान यथावत् रहेको दोहोर्याईन् ।
‘हामीले संविधान निर्माण गर्ने बेलामा संघीयताबारे आफ्नो बिमती राख्दै संविधान घोषणा गर्न सहयोग गरेका थियौं, हाम्रो त्यो नीति अहिले पनि कायम छ’ पौडेलले भनिन् ।

उनले देश विकासको सबैभन्दा ठुलो बाधक भ्रष्टाचार रहेको औंल्याउँदै भ्रष्टाचार न्युनीकरण गर्न सबै एकजुट हुनुपर्ने बताईन् । सबैभन्दा माथि राष्ट्रियतालाई राख्न र राष्ट्रियतासँग कसैले पनि सौदावाजी नगर्न पौडेलले आग्रह गरिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगतको अडान कायम राख्न पनि आग्रह गरिन् ।

इतिहास र राष्ट्र निर्माणका निर्णायक जनता शान्ति, परिवर्तन र समृद्धीको पक्षमा रहेकाले एकताबद्ध भएर राष्ट्रनिर्माणको पक्षमा लाग्नुपर्ने उनको भनाई थियो । देशमा उपस्थित चुनौतीको सामना गर्ने शक्ति नेपाली जनताले र बर्तमान सरकारलाई दिएको भन्दै प्रधानमन्त्री ओलीको नेतृत्वमा अब देश समृद्धितर्फ लम्कने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *