प्लेन भित्रै हस्तमैथुन गरेपछि…

“काठमाडाै, २२ फागुन । मालिण्डो एयरवाट मलेसियाको यात्रामा रहेका एक बंगलादेशीले विमान भित्रै निवस्त्र भएर हस्तमैथुन गर्न थालेपछि पक्राउ परेका छन् ।मलेसियान युनिभर्सिटीमा अध्ययनरत २० बर्षिय छात्रले विमानमा यात्रा गर्दा आफ्नो ल्यापटपमा अश्लिल चलचित्र हेर्दै निवस्त्र भएका थिए । निवस्त्र अवस्थामै विमानका परिचारिकालाई अंगालो मार्न जाने क्रममा उनले आक्रमणको प्रयास समेत गरेका थिए ।

उनले निवस्त्र अवस्थामै हस्तमैथुन र शौच आफु बसेको सिटमै गरेको विमानका अधिकारीहरुले बताएका छन् । उनलाई विमानका अरु कर्मचारीहरुको मद्धतले उनको हात पछाडीवाट बाँधेर नियन्त्रणमा लिएका थिए ।

मलेसियाको क्वालालम्पुरवाट बंगलादेशको ढाकाका लागि भएको उडानमा भएको उक्त घटनामा पक्राउ परेका बंगलादेशीलाई ढाकामै प्रहरीको जिम्मा लगाईएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *