पाकिस्तानी प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं, फागुन २२ । नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश आज स्वदेश फर्किएका छन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा सोमबार यहाँ आएका प्रधानमन्त्री अब्बासी महत्वपुर्ण राजनीतिक भेटघाट गरी आज स्वदेश फर्किएका हुन् । अब्बासीलार्इ विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाकिस्तानका प्रधानमन्त्री साहीद अब्बासीले आजै शिष्टाचार भेट गरे ।
राष्ट्रपति भवन, शीतलनिवासमा भएको सो भेटभाटका अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उक्त भेटका अवसरमा अर्थ मन्त्री युवराज खतिवडा, नेपाल सरकार तथा पाकिस्तान सरकारका उच्चपदस्थ अधिकारीहरु,नेपालस्थित पाकिस्तानका राजदूत एवम् पाकिस्तानका लागी नेपालका राजदूतसमेतको उपस्थिति थियो ।

यसअघि प्रधानमन्त्री अब्बासीले आफ्ना समकक्षी केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका नेताहरुसँग भेटघाट गरेका छन् ।
सोमबार नेपाल आइपुगेका प्रम अब्बासीलाई नेपाल सरकारले टुंडिखेलमा बिशेष सम्मान गार्ड अफ अनर दिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *