बराहक्षेत्र नगपालिकामा भ्रष्टाचार, मृत्यु भइसकेकाको नाममा वृद्धाभत्ता लिईयो 

सुनसरी, फागनु २२ । सुनसरीको वराहक्षेत्र वडा नं ११ मा मृत्युदर्ता गरेकाको वृद्धभत्ता निकासा गर्दै वराहक्षेत्र नगरपालिकाले चरम लापरबाही गरेको खुलासा भएको छ ।

सामाजिक सुरक्षा भत्ता भनेको अशक्त, असहाय तथा वृद्धवृद्धालाई जीवन जिउन सहज होस् भन्ने आशयले नेपाल सरकारले प्रदान गर्दै आएको हुन्छ  । तर खुलेआम रुपमा बराह नगरपलिका वडा नं ११ कार्यालयका कर्मचारीहरुले मृत्यु भईसकेका मानिसहरुको नाममा समेत सामाजिक सुरक्षा भत्ता निकासा गर्दा सो रहस्य बाहिर आएको हो ।

साविक मधुवन गा.वि.स. बसोबास गर्ने इन्द्र प्रसाद भट्टराईको २०७१ साल चैत्र १८ गते तत्कालिन गा.वि.स.मा मृत्युदर्ता गरिएको प्रमाण भएपनि हालसम्म पनि उनको नामको वृद्धभत्ता वडा कार्यालयबाट निकासा हुने गरेको पाइएको छ ।

भट्टराई मात्र नभएर लक्ष्मीमाया विश्वकर्मा र मुसहरनी साहुतेलीको नामबाट पनि वृद्धभत्ता निकासा भइरहेको छ । तर विश्वकर्माको २०७३ श्रावण ३२ गते र तेलीको २०७२ असोज २२ गते वडा कार्यालयमा मृत्युदर्ता भइसकेको थियो ।

त्यस्तै नन्दलाल खतिवडा, पदमलाल गिरी, विर्सु उराव, रसदुन खातुन, रामनारायण साहुतेली, हर्क बहादुर माझी, फुलमाया कामी, शंकर मुसहर, पानवती माझी लगायतका दुई दर्जन भन्दा बढि मृत्युदर्ता भएका मृत मानिसहरुको नाममा सामाजिक सुरक्षा भत्ता नक्कली सही र ल्याप्चे लगाई निकासा गर्ने गरेको पाइएको छ ।

यसरी निकासा गर्नेमा वृद्धभत्ता बाँड्ने वडा कार्यालयका कर्मचारी सक्रिय देखिएका छन् ।

वडा कार्यालयले पनि आर्थिक अनियमितता भएको कुरा स्विकार गरेका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कर्मचारीहरु कमला काफ्ले, संस्थागत प्रतिनिधिको रुपमा रहने रेणु मेहता, कार्यालय सहयोगी राम कुमार उरावले समेत मिलेमतोमा काम हुने गरेको स्विकार गरेका छन् ।

सोही कार्यालयका खरिदार मणिलाल उरावसँग सामाजिक सुरक्षा भत्ताको ढड्डा माग गर्दा उनले बाढी पसेर नष्ट भएको बहाना बनाएका छन् तर सोही कुरा वडा अध्यक्ष केदार विष्टले वडा कार्यालयमा कहिले पनि बाढी नपसेको जानकारी दिएका छन् ।

अझ अचम्मको कुरा त के छ भने खरिदार उरावले सचिवले माग गर्दासम्म उक्त ढड्डा दिएका छैनन् । यसबाट पनि प्रष्ट हुन्छ की सामाजिक सुरक्षा भत्तामा व्यापक भ्रष्टाचार भएको छ ।

‘वडा कार्यालयका सचिव तथा अध्यक्षले व्यापक अनियमितता हुँदा र खरिदारले ढड्डा लुकाउँदा समेत कानुनी दायरामा नल्याइएको पाइएको छ । यसले गर्दा राज्यको कानुनको कर्मचारीहरुबाटै खिल्ली उडाएको पाइएको छ ।

कर्मचारीहरु माथि आफुले बढी नै विश्वास गरेकाले यस्तो समस्या आएको अध्यक्ष केदार विष्टको तर्क छ । साथै विष्टले खरिदार उरावलाई कारवाही प्रकृया अघि बढाउने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *