नेपाल म्यूजिक अवार्ड २०७५ : ‘अन्धोपन’बाट संचिता उत्कृष्ट मोडलमा

काठमाडौं, फागुन २२ । मोडल संचिता शाहीले अभिनय गरेको गित नेपाल म्यूजिक अवार्ड २०७५’ को मनोनयनमा पर्न सफल भएको छ । ‘नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान’ गर्ने उद्देश्यले गरिएको अवार्डमा उनले अभिनय गरेको लोकगित ‘अन्धोपनको मायाले’ छनोटमा पर्न सफल भएका हो ।

आफुले अभिनय गरेको गित नेपाल म्यूजिक अवार्ड २०७५’ को मनोनयनमा पर्दा आफुलाइ निकै खुशि लागेको शाहीको भनाई छ । गीत संगीतको क्षेत्रमा अगाडि बढ्न अझै हौसला बढेको उनले बताईन् । श्रोता,दर्शक गायक मौसम गुरुडलाइ धन्यबाद समेत उनले दिएकी छिन् ।

दर्शककै माया र साथले गित मनोनयनमा पर्न सफल भएको उनी बताउछिन । यो अवार्डमा आफुलाइ जिताउनका लागि श्रोता र दर्शकको माया, साथ अनि सपोर्ट चाहिने उनी बताउछिन् र जिताउन पनि उनले आग्रह गरेकी छिन् ।

स्रोता र दर्शक ले गर्दा नै आज यहाँ सम्म पुगेकोले आफनो दाहिने हात भएको मोडल शाही ले बताइन् । पछिल्लो समय सञ्चिता शाहिले अभिनय गरेका गीतहरु एकपछि अर्को हिट हुदै जान थालेका छन । मोडलिङ क्षेत्रमा लागेको छोटो समय मै आफ्नो अभिनय कलाबाट लाखौं दर्शक को मन जितिसकेकी संचिताले अभिनय गरेका धेरै म्युजिक भिडियो हरुले सांगीतिक बजारमा राम्रो चर्चा बटुलिसकेको छ ।

नेपाल म्युजिक अवार्ड को भोटिङ कोड पनि सार्वजनिक भइसकेको छ ।  गीत सङ्गीत प्रेमिहरुले  भोट गरेर सहयोग गरिदि आग्रह गर्दै भोट गर्ने तरिका type NMA space 4E send to 34343 पठउन पर्ने छ ।

नयाँ कलाकार क्षमता भएर पनि ओझेल पर्ने र केही गरी अवार्ड पाइहाले पनि अवार्डमा सहभागि पुराना कलाकार खिन्न हुने यथार्थलाई मध्यनजर गर्दै आयोजकले नयाँ र पुराना कलाकारका लागि अवार्ड वर्गीकरण गरेको छ ।

कम्तिमा पाँच वर्ष सांगीतिक क्षेत्रमा काम गरेकालाई उत्कृष्ट र पाँच वर्षभन्दा कम समयदेखि यस क्षेत्रमा क्रियाशील संगीतकर्मीलाई ‘सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड’ प्रदान गर्ने व्यवस्था गरिएको सह–संयोजक प्रदीप अधिकारीले जनाए ।
कार्यक्रम २०७५ बैशाख १५ गते काठमाडौँको होटल अन्नपूर्णमा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *