कामुक चुम्बन के हो


यौन शिक्षा
शंकर वान्तवा
पाक क्रीडाको शुरु प्रायः कामुक चुम्बनबाट नै गरिन्छ । चुम्बन एवं कामुक चुम्बनमा धेरै फरक हुन्छ । कामुक चुम्बन दुवै सहभागी एकअर्काको मुखमा मुख हालेर पूरा दबाब दिएर गर्छन् । यो पति–पत्नीको प्रेम प्रगाढ भएको प्रकटीकरण हो ।
कामुक चुम्बनका पनि प्रकारहरु हुन्छन् । एक प्रकारले दुवै सहभागी एकअर्काको ओठलाई यसरी चुस्छन्, जसरी पुतलीले फूलको रस Erotic-kissing चुस्छ । मानौं दुवै एकअर्काको ओठको मालिस गरिरहेका छन् । दोस्रो प्रकारमा दुवै सहभागी आफ्नो जिब्रोको चुच्चो र ओठलाई अर्काको जिब्रोको टुप्पो र ओठसँग सम्पर्क स्थापित गराउँछन् ।
चुम्बनमा तीनवटा इन्द्रियले भाग लिन्छन्– स्पर्श, स्वाद र गन्ध । यसो भन्नु पनि सत्य नै हो कि कामुक चुम्बन लिने हैन पिउने गरिन्छ या मज्जाले चुसिन्छ ।
मुखबाट सुरु गरेर चुम्बन शरीरको अरु अङ्गतिर बढाइन्छ र कान एवं गर्धनको चुम्बन लिइन्छ । निधारमा चुम्ने र गाला चुस्ने हातको औंलाको टुप्पो र हत्केला पनि चुम्छन् ।
फेरि छातीको चुम्बन लिइन्छ । स्त्रीको छाती धेरै उत्तेजना पैदा गर्ने स्थान हो । स्तनको निप्पल चुस्नाले दुवैलाई अद्भुत आनन्द आउँछ । केही महिलाहरु आफैं यस्तो गर्न भन्छन् ।
फेरि कटि प्रदेश र नाभी चुम्दै तिघ्रातिर अगाडि बढ्छन् । तिघ्रा चुम्दै त्यो रमणीय स्थानमा पुग्छन् जहाँ पुग्नको लागि तपाईं यति धेरै बेरदेखि प्रतीक्षा गरिरहनु भएको थियो ।

केही प्रेमीहरु एकअर्काको दाँतले सिधै टोक्ने पनि गर्छन् । यसले पनि उनीहरुलाई अद्भुत आनन्दको प्राप्ति हुन्छ । यति धेरै टोक्नु हुँदैन कि जसले गर्दा रगत नै निस्कियोस् । रतिक्रियामा दुवैले प्रायः एकअर्कालाई प्रेमले टोक्ने गर्छन्, किनकि त्यो समयमा उनीहरु आनन्दको चरम सीमामा हुन्छन् । स्त्रीहरु प्रायः पुरुषको पाखुरा, काँध, छाती इत्यादिमा टोक्छन् भने पुरुषहरु स्त्रीको गर्धन, बायाँ पेट या निप्पल टोक्न थाल्छन्, तर यो कुरा उनीहरुको आसनमा निर्भर गर्छ । उनीहरुले यो विषयमा शिक्षा या ज्ञान प्राप्त गरिरहेका छन् ।
कान चुम्नुस् र मुखको तातो हावा कानमा छोड्नुस्
जब पति पत्नीको कानमा चुम्छ र आफ्नो मुखको तातो हावा उसको कानमा फ्याँक्छ तब उसको संवेगले दिमागलाई पनि उत्तेजित हुन्छ । सारा शरीरमा उत्तेजना पठाउन थाल्छ ।
कपालमा आफ्नो औंलाले चलाउनुस्
कपालमा प्रेमले औंला घुमाउनुस् र कपाल चाहे टाउकोको होस् या यौन अङ्गको । यसले पनि यौन उत्तेजना बढाउन मद्दत गर्छ ।
सिरानीसँग कुरा गरेर आनन्द लिनुस्
यो पनि एक खेल जस्तै हो, जसमा पति पत्नी दुवै सिरानीको माध्यमले आप्mनो मनको भावना व्यक्त गर्छन् र तनाव मुक्त पनि हुन्छन् । यस्तो कुराले दुवैलाई मनोरञ्जन पनि मिल्छ ।
एकअर्काको पेट जोडेर सुत्नुस्
एकअर्काको पेट जोडेर सुत्नुस् र एकआपसको सासको अनुभव गर्नुस् । जसको वजन धेरै छ ऊ तल सुत्नुस् जो हल्का छ ऊ माथि सुत्नुस् । यो क्रियामा पनि दुवैमा भावनात्मक लगाव बढ्नेछ र व्यर्थको अप्ठ्यारोपना टाढा भाग्नेछ ।
गुप्त अङ्गमा सेन्ट लगाएर सुँघ्नु
यो खेल पनि रोमान्टिक वातावरण बनाउनमा सहायक सिद्ध हुन्छ । यसले यौनक्रियामा दुवैको अप्ठ्यारो टाढा भाग्छ र फेरि दुवै खुल्ला मनले यौन क्रियामा भाग लिन थाल्छन् । सेन्टको सुगन्धले मन पनि प्रफुल्ल हुन्छ जसले एउटा नयाँ उत्साह उत्पन्न गर्छ ।
यौन अङ्गको शक्तिको प्रदर्शन गर्नुस्
रतिक्रियाको समयमा आफ्नो यौन अङ्गका तन्तुको शक्ति प्रदर्शन गर्नुस् । पुरुषमा यो तन्तु शिश्नमा हुन्छ । स्त्रीमा चाहिं योनि भित्र हुन्छ । यसलाई रतिक्रियाको समयमा दबाउनाले व्यक्तिमा शीघ्रपतन हुँदैन । स्त्री पनि त्यसबाट धेरै आनन्दको अनुभव गर्छिन् । यदि दुवैले त्यसलाई एक साथ निचोर्ने प्रयास गरे भने यसले यौन आनन्दमा वृद्धि हुन्छ ।
यौन मालिशले उत्तेजना बढाउनुस्
यौन मालिश पनि उत्तेजना बढाउनमा धेरै सहायक सिद्ध हुन्छ । कुनै सुगन्धित तेलले शरीरको कोमल रुपले मालिश गर्नुस् । तेलको उपयोग केवल नाम मात्रमा गर्नुस् ताकि वास्तवमा मालिश भइरहेको अनुभव होस् । मालिश सबैभन्दा पहिला खुट्टाको औंलादेखि शुरु गर्नु । फेरि खुट्टा । अनि हातका औंला, हत्केला, हातका सबै आंैला भुजाहरु, काँध, ढाड र फेरि तिघ्राको मालिश गर्दै जानुस् । अन्त्यमा यौन अङ्गको मालिश गर्नुस् । पुरुष र स्त्री दुवैले पालै पालो यसप्रकारको यौन मालिश गर्नुस् ।
यौन सम्पर्कमा नयाँ नयाँ आसनको प्रयोग गर्नुस्
रति–कर्ममा नयाँपन ल्याउनको लागि तपाईं नयाँ नयाँ आसनको प्रयोग गरिरहनुस् । दुवै आपसमा मिलेर निश्चय गर्नुस् कि आज कस्तो खालको आसनको प्रयोग गर्ने ।
यौन मनोविज्ञानबाट








