पहिलो पटक विदेशी पाहुनालाई टुंडिखेलमा ‘गार्ड अफ अनर’

काठमाडौं, फागुन २१ । दुई दिने नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री साहीद खकान अब्बासीलाई नेपाल सरकारले ‘गार्ड अफ अनर’ को सम्मान प्रदान गरेको छ । अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ को सम्मान दिइएको हो । टुँडिखेलमा गार्ड अफ अनर दिइने अब्बासी पहिलो विदेशी पाहुना हुन् ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई गार्ड अफ अनर दिने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए ।

त्यस अघि प्रधानमन्त्री अब्बासीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अर्थ मन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले  स्वागत गरेका थिए ।

दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका अब्बासी प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई शुभकामना दिन आएका हुन् ।

आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका विषयमा विचारविमर्श गर्नेछन् । साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा भोलि बिहान शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपतिसँगको भेट अघि उनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुने कार्यक्रम छ । नेपालको दुई दिने भ्रमण पूरा गरी भोलि नै प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नेछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *