तरकारी बेचेर वार्षिक पन्ध्र लाख

बागलुङ, २६ असार । यहाँको एक कृषि समूहले वार्षिक रु १५ लाख बराबरको तरकारी उत्पादन गर्दै आएको छ ।

गलकोट नगरपालिका–११ रिघाको मिलिजुली कृषि समूहले तरकारी खेतीमा व्यावसायिक सफलता पाएको हो । एकै याममा रु पाँच÷छ लाखको तरकारी बेच्ने गरेको समूहका अगुवा किसान जितबहादुर रानामगरले बताए । अठार रोपनी क्षेत्रफलमा गरिएको तरकारी खेतीले बाह्रैमास उत्पादन दिने गरेको उनको भनाइ छ । किसानले भाडा, तलब र अन्य व्यवस्थापन खर्च कटाएर आम्दानीको आधा रकम नाफा लिने गरेका छन् ।

समूहमा चारजना किसान आबद्ध रहे पनि मुख्य जिम्मेबारी रानामगरको काँधमा छ । “हामी चार जनाको लगानी छ, काममा भने म मात्र खटिएको छु”, रानामगरले भन्नुभयो, “कृषि कर्मले सन्तुष्टि दिएको छ, हामी सफल छौँ ।” समूहले रिघाको फेदीमा र नजिकै पर्ने बढीगाड गाउँपालिका–२ खरबाङ्मा गरी दुई स्थानमा जग्गा भाडा लिएर तरकारी खेती गरिरहेको छ । वार्षिक रु ४५ हजारमा जग्गा भाडामा लिएर सूमहले छ वर्षअघि देखि व्यावसायिक तरकारी खेती सुरु गरेको हो ।

“शुरुमा रु नौ लाख लगानी ग¥र्यौं, अहिले लगानी बढेर रु २५ लाख पुगेको छ”, रानामगरले भने,‘बाह्रवटा प्लास्टिक घर ९टनेल०मा मौसमी÷बेमौसमी सबैखाले तरकारी उत्पादन हुने गरेकोे छ ।’समूहले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु १० लाख अनुदानसमेत पाएको छ । उक्त अनुदान रकमबाट तरकारी खेती विस्तार गर्दै जाने योजनामा समूह लागिपरेको छ । यही वर्ष थप उच्चस्तरीय प्रविधिको प्लास्टिक घर ९टनेल०थपेको समूहका अर्का किसान शेरबहादुर श्रीशले बताए। व्यावसायिक कृषि तथा व्यापार आयोजनाको अनुदानबाहेक अन्य निकायबाट कुनै पनि सहयोग नपाएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *