मेयरद्वारा सरसफाइको अनुगमन

भरतपुर, फागुन २१ । भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार भरतपुर महानगर वडा नम्बर ११ मा भएको सरसफाइको अनुगमन गरेकी छन् ।

फोहोरमैला ब्यवस्थापन र हरियाली वातावरणको अवलोकनपछि महानगर प्रमुख दाहालले ११ नम्बर वडा सफा, सुन्दर र व्यवस्थित भएको भन्दै अन्य वडाहरुले यस वडाबाट प्रेरणा लिनुपर्ने बताइन् ।

महानगर प्रमुख दाहालले वडा नम्बर ११ भित्र रहेका गणेशस्थान, जखडीमाई सामुदायिक वन चोक, गोरखकाली चोक, लामाटोल, पारिजात टोल, हिमाली टोल, नौरङ्गे चोकलगायतको अवलोकन गरेकी थिइन् । उनले सरसफाइ र हरियाली कायम राखी वडालाई वातावरणमैत्री बनाउन स्थानीय जनसमुदायको ठूलो भूमिका हुने बताइन् ।

वातावरणमैत्री वडा बन्दै

भरतपुर महानगरले वडा नम्बर ११ लाई वातावरण वडा घोषणा गर्ने भएको छ । टोल सुधार समिति गठन भएको, वातावरणसम्बन्धी नियमित बैठक भएको, फोहोरलाई जथाभावी नफाली व्यवस्थित गरिएको र सडकपेटीमा वृक्षरोपण गरिएको लगायतका मापदण्ड पूरा गरेकोले वडा नम्बर ११ लाई फागुन २६ गते शनिबार महानगरले वातावरणमैत्री वडा घोषणा गर्नेभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *