कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाण्डौ, फागुन २१ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

केहीबेरअघि सम्पन्न निर्वाचको मतरिणामअनुसार देउवाले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाएका छन् । ६३ जना सासंद रहेकोमा दलको नेता चयन हुनका लागि ३२ मतको आवश्यकता थियो ।

सभापति देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै पूर्व महामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेतामा उम्मेदवारी दिएका थिए । तर, फेरी प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवाले दलको नेतामा आफै उम्मेदवारी दिए ।

ज्योतिष विद्यामा विश्वास गर्ने देउवा अझै तीन पटक देशको प्रधानमन्त्री बन्ने बताउँदै आएका छन् । अझ उनी संसदको यही कार्यकालमै पनि प्रधानमन्त्री बन्ने ताकमा देखिन्छन् । कांग्रेस संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *