कैलाली र कञ्चनपुरमा बन्दिगृह बनाएर गाईको ‘हत्या’

काठमाडौं, फागुन २१ । कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका विभिन्न जिल्लाका जंगल क्षेत्रमा गाईलाई बन्दि बनाएर हत्या गर्ने गरिएको पाईएको छ । राजमार्ग तथा बजार क्षेत्रमा छोडिएका छाडा गाईलाई जंगलमा लगेर घाँस पानी बिना बन्दी बनाउने र मरेपछि गिद्धको आहारा बनाउने गरिएको हो ।

सुदूरपश्चिमका जिल्लाका जंगलमा लगेर गाई मारिएको भन्दै जगतगुरु नेपाल सञ्चार केन्द्रले आपत्ति प्रकट गरेको छ । केन्द्रले गौ रक्षाको लागि सबैलाई संवेदनशील बन्न आग्रह समेत गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रले जंगल क्षेत्रमा गाईबस्तु कसरी घाँस र पानीबिना छटपटाएर मरिरहेका छन् भन्ने देखाउन भिडियो समेत सार्वजनिक गरेको थियो ।

जगदगूरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले प्रदेश नम्बर ७ का कैलाली र कञ्चनपूरका विभिन्न जंगलहरुमा राष्ट्रिय जनावर गाईको निर्ममतापूर्वक हत्या गरिएको भन्दै गौ रक्षार्थ संवेदनशील बन्न आग्रह गरे ।

‘म महाकालीको यात्रामा थिएँ, कैलाली र कञ्चनपुरका जंगलहरुमा गाईहरुको लागि बन्दि गृह बनाइएको छ, जहाँ पशुलाई खानेकुरा छैन्, सुख्खा स्थानमा बन्दीगृह बनाएर राखिएको छ’, उनले भने, ‘हिजो त्यहि गाईको दुध खाएर बाँचेका नेपालीले आज त्यहि गाईलाई गिद्धको आहार बनोस् भनेर बन्दिगृहमा भोकभोकै राखका छन् । सयौँ गाईहरु मरिरहेका छन् ।’

आहार र पानीको अभाव कयौं गाईहरुको मर्ने अवस्थामा रहेका उनको भनाइ छ । जगदगुरुले भने, एकातिरबाट स्यालले लुछेको छ, अर्को भागमा गिद्ध, कागले आँखा गाढेर खाई रहेको छ, कुनै जीवलाई मोटाउनको लागि राष्ट्रिय जनावरको निर्ममतापूर्ण हत्या गरिनु कुनै कोर्णबाट न्यायोचित होइन ।’

विभिन्न सडक र जंगलमा राखिएका गाईहरुको उचित चरन र जंगलमा छोड्नको लागि व्यवस्था नमिलाएसम्म आफ्नो अनसन जारी रहने उनको चेतावनी छ ।

बजार क्षेत्रमा अधिकांशले गाईले दुध दिंदासम्म दुध खाने र बकेर्नो भएपछि छाडा छोड्ने गरेका छन् । त्यसरी छाडा छोडिएका गाईबस्तुलाई विभिन्न संघसंस्थाले ‘छाडा गाईबस्तु नियन्त्रण तथा गिद्ध संरक्षण कार्यक्रम’ भन्दै पानी र घाास बिनाको सुख्खा क्षेत्रमा बन्दि बनाउने गरेका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *