अर्किडको वार्षिकोत्सवमा एक लाख पुरस्कार घोषणा

फागुन २०, भरतपुर । अर्किड स्कुल भरतपुरले सातौं वार्षिकोत्सव तथा अभिभावक दिवसमा एसईईका विद्यार्थीहरुका लागि एक लाख पुरस्कार घोषणा गरेको छ

।विद्यालयका सञ्चालक समितिका अध्यक्ष गोपाल पराजुलीले एसईई परीक्षामा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रतिव्यक्ति एक लाख तथा कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिको घोषणा गरेका हुन् । विद्यालयले उक्त छात्रवृत्ति नेपालकै ठूलो पुरस्कार भएको दावी गरेको छ ।


विद्यार्थीहरूले यसलाई उत्साह रूपमा लिँदै पढाइप्रति थप उत्प्रेरणा र अभिरुची बढेको बताएका छन् । वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा सांस्कृतिक नृत्य तथा भेषभूषा प्रदर्शन, चित्र तथा हस्तकला प्रदर्शनी, विज्ञान प्रदर्शनी, सरस्वती प्रतिमा अनावरण, स्मारिका विमोचन, ज्येष्ठ अभिभावक सम्मान, अनाथालय सहयोगार्थ फुड फेस्टिबल, स्काउट तथा तेक्वान्दो खेल प्रदर्शन, नाटक प्रदर्शन र पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *