सुजुकी इन्टुडर बजारमा

सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजि अटोमोबाइल्स प्रा.लिले नयाँ बाइक सुजुकी इन्टुडर बजारमा ल्याएको छ । सोल्टी क्राउन प्लाजामा आयोजित एक समारोहका बीच नयाँ बाइक सुजुकी इन्टुडरको बिक्री वितरण सुरु गरिएको हो ।


यस कार्यको थालनीसँगै सुजुकी दुई पाँग्रे सवारी साधनका डिलरहरुसँगको सम्बन्धलाई नयाँ उचाइ दिँदै सम्बन्ध अझ प्रगाढ बनाउने प्रयास पनि गरिएको थियो । यो बाइक सुजुकीको क्रुजबाइक समूहको एक नयाँ संरचना हो । सुजुकी विश्वकै चिरपरिचित मोटरसाइकल कम्पनीमध्ये एक हो । सुजुकी इन्टुडर एम १८०० आरको प्रतिनिधि स्वरुप इन्टुडर १५० सिसिको नयाँ संस्करण बजारमा ल्याइएको हो ।

इन्टुडर आधुनिक स्टाइल, विशेष गुणहरु र कार्यक्षमताको एक सही संयोजन हो । यसमा इन्टुडर एम १८०० आर.स्टाइलको हेडलाइट, डिजिटल मिटर, तीक्ष्ण र अनुपम दोहोरो निस्कासन, सुविधादायिक विलासितापूर्ण स्टाइलिङका साथ अद्यावधिक गरिएको छ । यो चालकहरुको सुरक्षाको लागि १५० सिसिको बाइक समूहमा एबिएस प्रणाली जडान गरिएको छ ।

सुजुकी इन्टुडर एसइपि (सुजुकीइको पर्फमेन्स) प्रविधि जडित छ, जुन सुजुकीद्वारा परिकल्पना गरिएको एक नयाँ विकसित अवधारणा हो । यसले कम इन्धन खपत एवम् अत्यन्त तीव्र गति दुबै सुविधा प्रदान गर्दछ । सम्पूर्ण अत्याधुनिक विशेषताहरुले भरिएको सुजुकी इन्टुडरको अधिकतम बजार मूल्यमात्र ३०९,९०० छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *