‘गाँजाबाजा’को प्रदर्शन फागुन २५ मा

काठमाडौँ, फागुन २० । लामो समयसम्म बिवाद झेलेको चलचित्र ‘गाँजाबाजा’ फागुन २५ गतेबाट देशव्यापी रिलिज हुने भएको छ । चलचित्रको नाम र चलचित्रमा बोलिएका कतिपय शब्दहरुले गर्दा यसले धेरै विवाद झेल्नुपरेको थियो । चलचित्रको नाममा नै विवाद भएपछि यसको निर्माणपक्ष अदालतसम्म पुगेको थियो ।

चलचित्रका निर्देशक गणेशदेव पाण्डे ‘गाँजाबाजा’ले गाँजा खानेहरुको कथा भन्ने बताउँछन् । साथै, चलचित्रले ‘गाँजा’ खानेहरुको बाजासमेत बजाउने उनको भनाइ छ । उनी चलचित्र हेर्ने वा नहेर्ने अधिकार दर्शकमा भएको भन्दै दर्शकको उक्त अधिकार छिन्न नहुने बताउँछन् ।

चलचित्रमा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रविन थापा लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् भने चलचित्र निर्माण दिपेन्द्र रेग्मी र गोमा विष्टले गरेका हुन् ।

चलचित्रको ट्रेलरमा केहि यस्ता शब्दहरु पनि छन्, जसलाई आम मानिसले सबैको अगाडि खुलेयाम बोल्न सक्दैनन् । तर, निर्देशक पाण्डे भन्छन् ‘यो शब्द नेपालमा नबोलिने, कहिले नसुनिएको होइन । मैले समाजमा नै बोलिएको शब्द प्रयोग गरेको छु । साथै, त्यहाँ बिम्बको पनि प्रयोग गरिएको छ ।’

बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा बनेको यस फिल्ममा याकोपो रास्लिकको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, निख एण्ड जटाको संगीत छ ।

 

हेनुहाेस् ट्रेलर

https://youtu.be/K-ae-kGy-hI”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *