नबिल बैंकका अध्यक्षद्वारा विद्यालय भवन उद्घाटन

काठमाडौँ, फागुन २० । नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले सिन्धुपाल्चोककाे फाटकशिला, नगरपालिका वडा नं. १३ स्थित  फाटकशिला माध्यमिक विद्यालय भवनको उद्घाटन गरेका छन् ।

२०७२ सालमा गएको विनाशकारी भुकम्पबाट अति प्रभावित भएको उक्त विद्यालयको निर्माणका लागि गत वर्ष बैंकका कर्मचारीहरुले सहयोग स्वरुप चार लाख एक हजार सात सय त्रीयासी रुपैयाँ प्रदान गरेका थिए । विद्यालयका विद्यार्थीहरुको अध्ययनमा सहजता होस भन्ने हेतुले नबिल बैंकका कर्मचारीहरुले आफ्नो तलबबाट कट्टा गरी सो रकम प्रदान गरेका थिए ।

उक्त सहयोग मार्फत निर्माण गरिएको २ कोठे भवनको उद्घाटन कार्यक्रममा नबिल बैंकका संचालक तथा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल, बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, बैंकका नायब महा प्रबन्धक तथा नबिल फाउण्डेसनका संचालक रमेश प्रसाद लोहनी, बैंकका धुलिखेल शाखाका शाखा प्रबन्धक धर्म राज बंजारा साथै बैंकका कर्मचारी सघंका उपाध्यक्ष पूर्ण बहादुर भाट लगायतको उपस्थिति रहेको थियो ।

नव निर्मित भवनका कोठाहरुको व्यवस्थापन तथा संचालनका लागि नबिल बैंकद्वारा प्रवद्र्धित नबिल फाउण्डेसनले विद्यालय व्यवस्थापन समितिलाई दुई लाख छब्बीस हजार पाँच सय रकम बराबरको थप सहयोग प्रदान गरेको छ । विद्यालय भवन उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक नृत्य प्रदर्शन गरेका थिए । साथै नबिल बैंकले सो कार्यक्रममा विद्यालय सुचारु रुपमा संचालन तथा प्रभावकारी व्यवस्थापन गरे बापत विद्यालयका अध्यक्ष लक्ष्मण दनुवार, निवर्तमान अध्यक्ष बेदलाल दनुवार तथा प्रधानाध्यापक श्री ईश्वर प्रसाद चौलागाँईलाई सम्मानित गर्दै कदर पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा विद्यालयलाई जग्गा उपलब्ध गराउने जग्गादाता बद्री प्रसाद दंगाल तथा विद्यालयका दीर्घसेवी अनिरुद्र दंगाललाई पनि बैंकले सम्मानित गरेको थियो ।

बैंकका अध्यक्ष पौड्यालले विद्यालयका विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान पुर्याउने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरेका थिए । साथै विद्यालयका परिवारले नबिल बैंक तथा बैंकका कर्मचारीहरुलाई भवन निर्माण तथा संचालन कार्यमा सहयोग गरे बापत धन्यवाद प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *