मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

प्रदेश ५ मा संसदीय दलको नेता छान्न २६ गते चुनाव

काठमाडौं, फागुन २० । नेपाली कांग्रेसले प्रदेश नं ५ मा संसदीय दलको नेता छान्नको लागि चुनाव गराउने भएको । संसदीय दलको नेतामा पाँच जनाले आकांक्षा देखाएपछि चुनाव गर्न लागिएको हो ।

सहमतिका आधारमा काग्रेसले प्रदेश नं ५ को संसदीय दलको नेता चयन गर्न केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई खटाएको थियो । खाणको प्रयास पनि असफल भएपछि चुनाव हुन लागेको हो ।

निर्वाचन गराउनका लागि कांग्रसले अधिवक्ता डा. बुद्धबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिले मनोनयनका लागि दिएको समयसीमामा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

फागुन ६ गतेका लागि तय भएको निर्वाचनमा ५ जनाले उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिका अनुसार, प्रदेश सांसदहरु वलदेव शर्मा पोखरेल, वीरबहादुर राना, वीरेन्द्र कनोडिया, फकरुद्धिन खां र डिल्ली चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराएका प्रदेश सांसदहरुको निर्वाचन फागुन २६ गते ११ बजे हुनेछ ।”

प्रतिकृयाहरु
Loading...