नवराज सिलवाल र रेशम चौधरीले सपथ लिन पाउने

काठमाडौं, फागुन २० । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवाल र रेशम चौधरीले सपथ लिन पाउने भएका छन् ।

नेकपा एमालेको उम्मेदवार बनी ललितपुर–१ बाट निर्वाचित सिलवाल र राजपाकातर्फबाट कैलाली १ बाट निर्वाचित चौधरीले प्रतिनिधिसभा सदस्यको सपथ लिन पाउने भएका हुन् ।

आइतबारका लागि तोकिएको संघीय संसदको प्रथम अधिवेशनमा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ । कार्यक्रममा सिलवालसँगै टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीले पनि सपथ लिनसक्ने संसद सचिवालयले जनाएको छ । टीकापुर घटनापछि फरार रहेका चौधरी प्रहरी हिरासतमा छन् ।

संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले रेशम चौधरी र नवराज सिलवालको सम्बन्धमा कुनै निकायबाट लिखित रुपमा केही जानकारी नआएकाले उनी संसदमा उपस्थित भएर शपथ लिन सक्ने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *