बोको हरामद्वारा ११० लाई नियन्त्रणमा लिएको पुष्टि

अबुजा, फागुन २० । नाइजेरियाली आतङ्कवादी समूह बोको हरामले हराइरहेका ११० जना छात्राहरुलाई आफ्नो नियन्त्रणमा राखिएको पुष्टि गरेको छ ।

सरकारी वार्ताकारहरुले ती छात्राहरुलाई सरकारी सेनासँग फिर्ता ल्याउन बोको हरामको कमाण्डरसँग माग गरेको मानवअधिकारवादीहरुले शुक्रबार जनाएका छन् ।

ती छात्राहरुलाई देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने डाप्ची सहरमा रहेको कम्या क्याम्पसबाट बोको हरामका लडाकूहरुले अपहरण गरेका थिए ।

चर्चित मानवअधिकारवादी तथा वकिल एैशा अल्काली बाकिलले अपहरीत ती छात्राहरुलाई सुरक्षित, स्वास्थ र राम्रो अवस्थामा राख्न बोको हरामलाई आग्रह गरेका छन् ।

जवाफमा बोको हरामका नेता अल बर्नावीले ती छात्राहरुलाई कुनै असर र अप्ठ्यारो पर्न नदिने र नमार्ने प्रतिबद्धता जनाएको नाइजेरियाको समाचार संस्थाले उल्लेख गरेको छ ।

यसै हप्ताको सुरुमा चर्चित मानवअधिकारवादीहरुले अपहरीत छात्राहरुलाई रिहा गर्न खुल्ला रुपमा आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसंघले बोको हरामले गरेको आतङ्कवादी आक्रमणका कारण सन् २००९ देखि हालसम्म झण्डै २० हजार जनाको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *