नेपाली राष्ट्रिय क्रिकेट टोली आज आयोजक जिम्बावे विरुद्ध खेल्दै 

काठमाडौं, फागुन २० ।  विश्वकप क्रिकेट छनौटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आयोजक जिम्बाब्वेविरुद्ध खेल्दैछ । पहिलोपटक ५० ओभर क्रिकेटको विश्वकप खेल्ने र आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछ । पहिलो परीक्षाका रुपमा नेपाली टोलीलाई खरो उत्रनुपर्ने बाध्यता छ ।

जिम्बाब्वे नेपालका लागि निकै बलियो र अनुभवी प्रतिद्वन्द्वी हो । सन् १९८३ मा इङ्ल्यान्ड र वेल्सले आयोजना गरेको विश्वकपमा पहिलोपटक सहभागी भएको जिम्बाब्वे त्यसपछि आयोजना भएका पछिल्ला नौ विश्वकपमा छुटेको छैन ।

प्रतियोगिताको सुपर सिक्समा पुग्दै विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताको आशा जीवितै राख्न नेपाललाई जिम्बाब्वेसँगै अफगानिस्तान, स्कटल्यान्ड र हङकङजस्ता बलिया टोलीसँग उच्चस्तरको प्रदर्शन गर्न आवश्यक छ । आज आज दिउँसो स्थानिय समय अनुसार साढे १२ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *