राजपा नेपालले चुनाव बिथोल्न आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं – राष्ट्रिय जनता पार्टी राजपा नेपालले चुनाव बिथोल्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार राजपाको बैठकले चुनाव बिथोल्नका लागि आम हड्ताल सहितका कार्यक्रम घोषणा गरेको छ ।

दोस्रो चरणमा हुने असार १४ गतेको चुनावलाई लक्षित गर्दै १० गतेदेखि राजपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । राजपाले १० गतेदेखि अनिश्चितकालीन आम हड्तालका कार्यक्रम घोषणा गरेको संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरद्वार हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । त्यस्तै लाठी जुलुस पनि गर्ने राजपाले विज्ञप्तीमार्फत जनाएको छ ।

उम्मेदवारी मनोनय दर्ताका दिन असार २ गते राजपाले सबै स्थानीय तहमा तालाबन्दी गर्ने जनाएको छ । ६ गतेदेखि चुनाव बिथोल्ने कार्यक्रम सशक्त ढंगले अगाडि बनाउने बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =