बलात्कारका घटना बढे, दुई सातामा ७ महिला बलात्कृत

धरान, फागुन १९ । सुनसरीमा बलात्कारका घटनामा वृद्धि भएको छ । फागुनको पहिलो र दोस्रो सातामा मात्रै सुनसरीमा सातवटा बलात्कारका घटना भएका छन् ।

ती घटनामा सात वर्षीया बालिका देखि २२ वर्षसम्मका युवतीहरू पीडित भएका छन् । गत बुधबार मात्रै धरान ६ पानबारीमा ६२ वर्षका रत्नबहादुर परियारले सात वर्षीया बालिकामाथि करणीको प्रयास गरेका थिए । उनी हाल इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन् । उनलाई जबरजस्ती करणीमा मुद्दा चलाएको छ ।

त्यस्तै फागुन २ गते धरान १५ का आशिष मगरले फेसबुकमार्फत युवतीलाई मायाजालमा पारेर बलात्कार गरेका थिए । त्यस्तै, सिमरा ६ बाराका पदमबहादुर बिक र पर्वत कुमार थापा पनि बलात्कारको अभियोगमा सुनसरी प्रहरी हिरासतमा छन् ।

त्यस्तै, फागुन २ गते दिपेन राईले पनि एक युवतीलाई श्रीमती बनाउछु भन्दै बलात्कार गरेको अभियोग लागेको छ । राई हाल फरार रहेका छन् ।
त्यस्तै सुनसरीकै बराह नगरपालिका ५ का हेमराज राईमाथि पनि बलात्कारको अभियोग लागेको छ। उनी पनि फरार रहेको डिएसपी पौडेलले जानकारी दिए । फरारहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यलय धरानका प्रहरी नायब उपरीक्षक डिएसपी रामेश्वर पौडेलका अनुसार प्रविधि प्रयोग गरेर पनि बलात्कारको सिकार बनाउने गरेको भेटिएको छ । समाज र परिवारको वातावरणका कारण पनि बलात्कारको घटना हुने गरेको डिएसपी पौडेल बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *