विकास रनिङ शिल्डको फाइनल आज साँझ

नारायणगढ, फागुन १९ । विकास रनिङ शिल्ड १३ औं संस्करणको फाइनल खेल आज साँझ हुँदैछ । उपाधिका लागि थ्रिस्टार क्लब काठमाडौं र विभागीय टिम एपीएफ नारायणगढको क्याम्पाचौरमा आज शनिबार साँझ भिड्ने भएका छन् ।

बुधबारको खेलमा एपीएफले फ्रेण्डस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । बिहीबारको खेलमा मनाङ मस्र्यादी क्लबलाई पराजित गर्दै थ्रिस्टार क्लब फाइनलमा पुगेको हो । यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्ने छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *