‘वडाध्यक्षद्वयको निधनले क्षति’

रत्ननगर, फागुन १९ । दुर्घटनामा परी मृत्यु भएका खैरहनी नगरपालिकाका दुई वडा अध्यक्षको निवासमा नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा गरेको छ । रत्ननगर ३ शान्तिचोकमा भएको सवारी दुर्घटनामा खैरहनी वडा नंं.५ का वडाध्यक्ष विश्वविजय बस्नेत र वडा नं.४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारीको मृत्यु भएको थियो ।

नेपाली काँग्रेस खैरहनी नगरसमितिले बस्नेतको १३ औं दिनको पुण्यतिथिमा र अधिकारीको १२ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना गरेको हो । श्रद्धाञ्जली सभाका प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले दुई वडा अध्यक्षको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताए ।

कांग्रेसबाट महत्वपूर्ण जिम्मेवारी सम्हाली रहेका दुई होनाहार व्यक्तिको निधनले पार्टीलाई ठूलो नोक्सानी भएको थापाले बताए । परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै नेता थापाले परिवारलाई साथ र सहयोग रहने बताए । उनले बस्नेत र अधिकारीले अधुरा सपना पूरा गर्ने जिम्मेवारी काँग्रेसका नेता कार्यकर्ताको काँधमा आइपरेको बताए ।

बस्नेतको निवास खैरहनीको सलौली र अधिकारीको निवास चैनपुरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । खैरहनी नगर सभापति शशी खनियाको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठलगायतले शोक मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *