कति सुत्ने, कस्तो पोजिसन उचित ?

धेरैजसो स्वास्थ्य जीवनको कुरा गर्दा हामी कस्तो खानपान गर्ने भन्ने विषयमा मात्र चर्चा गर्छौ । सन्तुलित खानपान र व्यायाम नै हामीलाई पर्याप्त लाग्छ, स्वस्थ्य जीवनको लागि । तर, यति मात्र काफी छैन । त्यसबाहेक अन्य स-साना आनीबानी जसले हामीलाई रोगी र जिर्ण बनाइरहेको हुन्छ । जस्तो कि सुत्ने पोजिसन वा तरिका ।

सुत्ने बानी मान्छे अनुसार फरक फरक हुन्छ । कोही उत्तानो परेर सुत्छन्, कोही घोप्टिएर । कोही खुम्चिएर त कोहि फैलिएर सुत्न रुचाउँछन् । वास्तवमा सुत्ने पोजिसनले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरको हुन्छ ।

कति सुत्ने : स्वस्थ्य जीवनका लागि खानपान र व्यायाम जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । भनिन्छ, स्वास्थ्य जीवनका लागि दैनिक ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । बच्चाहरुले भने उमेर अनुसार यो भन्दा बढी समय निदाउनु पर्छ । वयस्कले कम्तीमा ८ घण्टा निदाउनै पर्छ ।

किन सुत्ने : निद्रा गहिरो हुनुपर्छ । र, गहिरो निन्द्रा पाउन मानसिक र शारीरिक रुपमा तन्दुरुस्त हुनुपर्छ । सुत्ने ओछ्यान, वातावरण, पोजिसन आदिले पनि हाम्रो निन्द्रलाई प्रभावित तुल्याउन सक्छ ।

राम्रो निन्द्राका लागि सुत्नुअघि हल्का व्यायाम, प्राणायाम लाभदायक हुने बताइन्छ । गहिरो सास लिने र छाड्ने प्रक्रियाले पनि निकै फाइदा गर्छ ।

कसरी सुत्ने : वास्तु विज्ञान अनुसार पूर्व वा उत्तर दिशातर्फ शिर राखेर सुत्नु राम्रो हो । सुताईको पोजिसन र पृथ्वीको चुम्बकिय प्रभावले पनि हाम्रो स्वास्थ्यलाई असर गर्छ । सुत्दा धेरै अग्लो सिरानी राख्नु् हुँदैन ।

कस्तो पोजिसन उचित ?

बायाँतर्फ ढल्किएर सुत्नु स्वास्थ्यका लागि राम्रो हो । हुन त रातभर हामी एउटै पोजिसनमा सुत्दैनौ । यद्यपी सुत्नका लागि जब ओछ्यानमा पल्टन्छौ, तब बायाँतर्फ ढल्किएर सुत्नुपर्छ । किन त ?

१. खतरनाक रोगबाट बचाउँछ:

बायाँतर्फ ढल्किएर सुत्दा शरीरमा जम्मा भएको टक्सिन एवं बिकार बिस्तारै बाहिर निस्कन्छ । बायाँतर्फ ढल्किदा कलेजो र पाचन प्रणालीमा असर पुग्दैन, भोजन राम्ररी पच्छ । जब खानेकुरा राम्ररी पच्छ, धेरै रोग लाग्न पाउँदैन ।

२. फ्याटी लिभरबाट बचाउँछ:

कलेजोको काम बाइल जुस निकाल्नु हो, जसले गल ब्लडरमा पाचन क्रिया राम्ररी हुन पाउँछ । बायाँतर्फ ढल्किएर सुत्दा यो क्रिया ठिक डंगले हुन्छ । यसले गर्दा बोसो राम्ररी पच्छ । कलेजोमा बोसो जम्न पाउँदैन ।

३. मुटुमा दबाव पर्दैन:

वायाँतर्फ ढल्किएर सुत्दा मुटुमा दबाव पर्दैन । किनभने यतिबेला मुटुबाट रगतको आपूर्ति धेरै मात्रामा भइरहेको हुन्छ । जब मुटु स्वस्थ्य हुन्छ, रगत र अक्सिनको आपूर्ति सजिलै हुन्छ । यसले शरीर स्वस्थ्य हुन्छ ।

४. कलेजो र मृगौलाले राम्ररी काम गर्छ:

यसरी सुत्दा शरीरको बिकारयुक्त पदार्थ कलेजो र मृगौलाद्वारा बाहिर निस्कन्छ । त्यसैले सुतेको बेला यसलाई धेरै दबाव हुनु हुँदैन ।

५. कब्जियतबाट छुटकारा:

बायाँतर्फ ढल्किएर सुत्दा छोटो र लामो आन्द्रालाई पनि आरम मिल्छ । यसले कब्जियतको समस्या आउन दिदैन । बिहान दिसा गरेपछि पेट सफा हुन्छ ।

६.पाचन क्रियामा सहज:

यसरी सुत्दा पेट र अन्नाशयमा भोजन पचाउन सजिलो हुन्छ । यो पोजिसनमा सुत्दा अन्नाशयले खाना पचाउनका लागि इन्जाइम ठिक ढंगले निकाल्छ । त्यसले राती खाएको खाना पचाउँछ । जसलाई अपचको समस्या छ, पेटमा गडबडी छ, उनीहरुले बायाँतर्फ ढल्किएर सुत्नुपर्छ ।

अन्य फाइदा:

बायाँतर्फ ढल्किएर सुत्दा पेट सहि हुन्छ, थकान हट्छ, पेट फुल्दैन र शरीरका अन्य समस्या पनि हट्छ । दाहिनेतर्फ फर्केर सुत्दा भने शरीरलाई असर पुग्छ ।

एजेन्सी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *