‘बुद्ध नेपालमा जन्मेका हुन’ भन्न ७५ हजार जना टुडीखेलमा जम्मा हुने

काठमाडौं, फागुन १९ । काठमाडौको टुडिखेलमा आज ७५ हजार मानिस जम्मा भएर एउटै स्वरमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने वचन वाचन गर्ने भएका छन् । गौतम बुद्ध नेपालमा जन्मेका हुने भन्ने तथ्य संसार सामु पुर्याउन विश्व किर्तिमान समेत कायम गराउन किर्तिमान परिषद नेपालले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा उपस्थित हुने सबैलाई गिनिज बुक वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

विश्वका ६ वटा देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिभएका हुन भनेर लेखिएकाले यस्तो कार्यक्रम गर्नु परेको आयोजकहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धबचनमा समावेश श्लोक वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुहुने भएको छ ।  बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सहभागीहरुलाई टुडीखेलमा प्रवेश गराईने र साढे दुई बजेदेखि कार्यक्रम सुरु हुने जनाइएको छ ।  कार्यक्रममा चर्चित कलाकारहरुले नेपाली सांस्कृति प्रस्तुतीहरु पनि दिने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *