आज मिथिलाञ्चल क्षेत्रमा धुमधामकासाथ होली मनाईदै

जनकपुरधाम, फागुन १९ । धनुषाको जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज धुमधामका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदै छ । बिहीबार देशका पहाडी तथा हिमाली जिल्लाहरुमा होली पर्व मनाइएकोमा शुक्रबार समेत केही स्थानमा होली मनाईएको छ ।

आज जनकपुरमा होली मनाउन लागिएको हो । अन्तगृह परिक्रमा गरेको भोलीपल्ट मात्रै होली पर्व मनाउने परम्परा रहेकोले मिथिलाञ्चलमा आज मात्रै होली पर्व मनाईदै छ ।

परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउने विश्वास गरिन्छ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुशी साटा साट गर्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *