बुर्किना फासोको औगादोगुमा आतंककारी आक्रमण, १६ को मृत्यु

काठमाडौं, फागुन १९ । अफ्रिकी मुलुक बुर्किना फासोको राजधानी औगादोगुमा भएको आतंककारी आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

औगादोगुमा रहेको फ्रान्सेली दूतावास र सैन्य मुल्यालयलाई लक्षित गर्दै गरिएको आक्रमणमा ८ सुरक्षाकर्मी र ८ आक्रमणकारी गरी १६ जनाको मृत्यु भएको छ ।

घटनामा सर्वसाधारणसहित ८० जना घाइते भएका छन् । बुर्किना फासोका सुरक्षामन्त्री क्लेमेन्ट सावाडोगोले सैन्य मुख्यालयमा क्षेत्रीय आतंकवाद नियन्त्रणसम्बन्धी बैठक भइरहेका बेला आत्मघाती कार बम आक्रमण भएको बताए ।

आक्रमणबाट सैनिक मुख्यालयमा केही क्षति भएको छ । फ्रान्सका विदेशमन्त्री जेन–एभ्स–ले ड्रायनले पनि यो आतंककारी घटना नै भएको बताएका छन् । उनले घटनामा संलग्नहरुको तत्काल पहिचान गरिने बताएका छन् ।

बुर्किनाफासोको राजधानीमै दुई वर्षभित्र भएको यो तेस्रो आतंककारी आक्रमण हो । यसअघिका दुई वटा घटनामा इस्लामिक अतिवादी समूहको संलग्नता रहेको खुलासा भएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *