चिसोका कारण यूरोपमा ६० जनाभन्दा धेरैको मृत्यु

काठमाडौं, फागुन १९ । यूरोपमा चिसोका कारण ६० जनाभन्दा धेरैको मृत्यु भएको छ ।

कम्तिमा २३ जनाको पोल्याण्डमा मात्रै मृत्यु भएको छ । त्यहाँको तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ । यस्तै स्लोभाकिया, चेक रिपब्लिक लिथुवानिया, फ्रान्स, इटाली, रोमानिया, सर्भिया र ल्लोभेनिया, नर्वे, नेदरल्याण्ड, स्वीडेनलगायतका देशका नागरिकले ज्यान गुमाएका बीबीसीले जनाएको छ ।

चिसोबाट बच्न जाँडरक्सी खाएर सुत्ने गरेका कारण धेरैको ज्यान गएको जनाइएको छ । हावाहुरी र हिमपातका कारण धेरै देशमा विद्यालय, उडान र यातायातका सेवा ठप्प भएको जनाइएको छ । आयरल्याण्डमा विद्युत अवरुद्ध हुँदा हजारै परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

स्टकल्याड, आयररुलयाण्ड र बेलायतमा ९० सेन्टिमिटरसम्म हिउँ जमेको छ । खराब मौसम रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिर ननिस्किन आग्रह गरिएको छ । साइबेरियाबाट आएको मौसमी प्रणालीले युरोपको मौसम प्रभावित बनाएको हो ।

केही क्षेत्रको मौसम सुधार हुन थाले पनि अझै केही दिन चिसो रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *