अनुशासन तोडेको भन्दै म्यान्चेष्टरलाई ७२ लाख जरिवाना तिर्नुपर्ने

काठमाडौं, फागुन १९ ।  इंग्लिस क्लब म्यान्चेष्टर सिटीले ५० हजार स्टर्लिङ पाउण्ड (झण्डै ७२ लाख नेपाली रुपैयाँ) जरिवाना तिर्नुपर्ने भएको छ ।

एफ ए कफको पाँचौ चरणको खेलमा विगान एथलेटिकसँगको खेलमा आफ्ना खेलाडीलाई मर्यादित बनाउन नसकेको अभियोगमा सिटीले जरिवाना तिर्नुपर्ने भएको हो । खेलमा सिटीका धेरै खेलाडीले रेफ्रि एन्टोनी टेलरलाई घेरेर बिरोध जनाएका थिए । तर कुनै पनि खेलाडीलाई व्यक्तिगत रुपमा भने अनुसशानको कारबाही नगरिएको बीबीसीले जनाएको छ ।

खेलको मध्यान्तरमा म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप गोर्डिवाला र विगानका प्रशिक्षक पौल कुकबीच चर्काचर्की बहस भए पनि त्यसमा कुनै गलत कुरा नभएको एशोसिएसनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *