भुलेर पनि ब्रेकफास्टमा नखानुस् यस्ता चिज

काठमाडौं, फागुन १९ । बिहानको खाजा आर्थात् ब्रेकफास्ट मानिसका लागि निकै महत्वपूर्ण हुन्छ । स्वस्थकर ब्रेकफास्टले पूरै दिनलाई सुखद गराउँछ । त्यसैले यसबारे सचेत रहन आवश्यक छ । तर, ब्रेकफास्टको समय यस्ता चिजको भने प्रयोग गर्नु हुँदैन :

बिस्कुट, कुकिज
खाजामा बिस्कुट, कुकिजको प्रयोग गर्नुहुन्छ भने आजैबाट छोडिहाल्नुस् । यसको प्रयोगले फ्याट बढाउनुका साथै पाचन प्रक्रियामा पनि असर पुर्‍याउँछ । बरु विकल्पमा फ्याट फ्री अन्डा, चनालगायतको प्रयोग गर्न सक्नुहुन्छ । यस्तो खाजाले तौलसमेत सन्तुलनमा राख्छ ।

कफी
बिहानको समय कफी पिउँदा भोक मेटिन्छ । तर, यसले स्वास्थ्यमा भने खराब असर पुर्‍याउँछ । गर्मीमा कोल्ड कफी पिउने प्रचलन हुन्छ । यसो पनि गर्नु हुँदैन । बिहान पिएको कफीले मुटुमा हानि गर्नुका साथै अनावश्यक क्यालोरी बढाउने काम गर्छ ।

जुस
जुसलाई हामी स्वस्थकर पेय पदार्थका रूपमा लिन्छौँ । तर, ब्रेकफास्टमा कहिल्यै पनि प्याकिङ जुस प्रयोग गर्नु हुँदैन । यस्ता जुसमा चिनीको मात्रा बढी हुन्छ । यसको प्रयोगले फ्याट र चिनीको मात्रा बढाउँछ । त्यस्तै, सागपातको जुस पनि प्रयोग गर्नु हुँदैन । यसमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट हुन्छ तर फाइबर र प्रोटिन हुँदैन । यसको विकल्पमा पानी पिउन या सुन्तला खान सक्छौँ । जुन निकै स्वस्थकर मानिन्छ ।

स्यान्डविच
तपाईं अन्डा र चिज स्यान्डविच आफैँ तयार गर्न सक्नुहुन्छ । त्यसैले यसलाई ब्रेकफास्ट मेनुमा पनि राख्न सक्नुहुन्छ । यस्तो स्यान्डविचको प्रयोगले असर गर्दैन । तर, फ्रोजन स्यान्डविचमा सोडियम र अस्वस्थकर फ्याट हुन्छ, जसको प्रयोग गर्दा राम्रो हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *