खाडी जाने कामदारकाे स्वास्थ्य परिक्षण अावेदन अनलार्इनबाट

फागुन १८, काठमाडाैं । बैदेशिक राेजगारीमा जाने नेपालीकाे स्वास्थ्य परिक्षणमा कराेडाैं लूट मच्चाएकाे गाम्का नेपाल बन्द भएकाे छ । गल्फ कोअपरेसन काउन्सिल (जिसिसि) ले नयाँ नियम लगाएपछि गाम्का नेपाल बन्द भएको हाे।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदाहरुकाे सुविधाका लागि अनलाइनबाटै मेडिकलका लागि आवेदन फारम भर्नु पर्ने ब्यवस्था गरिएपछि गाम्का नेपालकाे लूटतन्त्र बन्द भएकाे छ ।  खाडी मुलुक साउदी अरब, ओमन र बहराइन जान लागेका नेपाली कामदारहरुले अबदेखि अनलाइनमा फर्म भरेर स्वास्थ्य परीक्षण गर्न सकिने गाम्का नेपालले जनाएको छ।

गल्फ एप्रुभ्ड मेडिकल सेन्टर्स एशोसिएसन नरहने र प्रि मेडिकल चेकअप लागि www.gcchmc.org मा गएर अनलाइन बुकिङ एपोइन्टमेन्ट सिस्टममा गइ जिसिसि स्लीप जेनरेट गरी सम्बन्धित स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गराउन सकिने छ । वैदेशिक रोजगारमा जाने नेपाली कामदारले जिसिसिको वेभसाइट लगअन गरेर स्वास्थ्य परीक्षण प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

जिसिसिले अनलाइनबाट स्वास्थ्य परीक्षणका लागि फारम भर्दा क्रेडिट कार्डबाट १० डलर बुझाउनुपर्ने नयाँ नियम ल्याएको छ। यसले कामदारहरुलाई थप आर्थिक भार परेपनि गाम्का नेपालमा अाबद्ध मेडिकल संस्थाहरूकाे जस्ताे मनपरी शुल्क असुल्न भने पाउँदैन । अनलार्इनबाट आफूलाई पायक पर्ने स्वास्थ्य संस्था रोजेर स्वास्थ्य परिक्षण गर्न सकिने ब्यवस्था गरिएकाे छ। गाम्का मार्फत अहिले ११ वटा मेडिकल संचालनमा छन्। पायक पर्ने मेडिकल रोजिसकेपछि त्यहाँ पुगेर स्वास्थ्य परीक्षणका लागि ५५ सय रुपैयाँ तिर्नुपर्ने बतार्इएकाे छ।

अनलाइनबाट स्वास्थ्य परीक्षण भर्दा कामदारले तिर्ने १० अमेरिकी डलरका विषयमा सहमति नजुटेतापनि जिसिसिले अनलाइनबाट स्वास्थ्य परीक्षणका लागि प्रक्रिया अघि बढाएको छ। कामदारले तिरेको १० अमेरिकी डलर विदेशको खातामा जम्मा हुने भन्दै यस विषयमा राष्ट्र बैंकले अहिलेसम्म अनुमति भने दिएकाे छैन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जिसिसिले स्वास्थ्थ परीक्षणका लागि ल्याएको नयाँ नियम ब्यवहारिक नभएको भन्दै विराेध गरेकाे छ । संघका अध्यक्ष राेहन गुरूङले अनलाइनबाट स्वास्थ्य परीक्षणका लागि फाराम भर्न र कामदारहरुसँग क्रेडिट कार्ड बनाउने सामर्थ्य,अनुमति नहुनुको कारण कामदारहरुलाई आर्थिक भार पर्ने र असहज हुँदा साउदी, ओमन र बहराइन जान बन्द हुने जिकिर गरे ।

विदेश जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा देखिएको यस्ता किसिमका समस्या समाधान गर्न सरकारले चासो देखाउनुपर्ने गुरूङकाे भनार्इ छ । ‘नीतिगत अब्यवहारिक निर्णयलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर हामीले धेरै पटक प्रधानमन्त्री, श्रम मन्त्री, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलाई समेत जानकारी गराएका छौं । याे समस्या चाँडाे भन्दा चाँडाे हल हुनु पर्याे ।’ गुरूङले भने ।

गल्फ काउन्सिलका अनुसार नेपाल, श्रीलंका, इंडोनेशिया, इजिप्टमा रहेको गाम्का कार्यालय खारेज भएका छन् । नेपाल सरकारले गल्फ काउन्सिलसँग पहल गरि यसलाई यही बेला नेपालबाट हटाउनु उपयुक्त हुने संघका अध्यक्ष गुरुङले बताए। यी देशहरूमा वर्षेनी नेपालबाट एक लाख बढि नेपाली बैदेशिक राेजगारीमा जाने गरेका छन् ।

सरकारले नै यस विषयमा मापदण्ड बनाएर सरकारी अस्पतालबाट कामदारको स्वास्थ्य परीक्षण गरेर विदेश पठाउनुपर्ने म्यानपावर व्यवसायी र श्रम विज्ञहरुले बताएका छन्।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गरेबापत महिला कामदारको ३१ सय र पुरुष कामदारको २ हजार ९ सय ४० रुपैयाँ शुल्क तोकेको छ। तर, १२ वटा मेडिकल सेन्टर सरकारी निर्णयको अवज्ञा गर्दै लामो समयदेखि स्वास्थ्य परीक्षणबापत मनपरी शुल्क उठाउँदै अाएका थिए ।

कामदार, वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल स्वास्थ्य व्यवसायी महासंघलगायत विभिन्न संघसंस्थाले पटक–पटक विरोध गर्दै आए पनि गाम्का नेपालले चर्काे शुल्क असुल्दै आइरहेको थियाे । बाह्र वटा नै मेडिकल सेन्टरको कामदारको स्वास्थ परीक्षण शुल्कको बिलमा बढि शुल्क लिर्इएकाे पाइएको थियाे।

बढी शुल्क असुल्ने मेडिकलमा चुच्चेपाटीको अल खालिज मेडिकल सेन्टर, नयाँ बानेश्वरको अल मसुर डायग्नोसिस्ट सेन्टर, बत्तिसपुतलीको अक्वा डायग्नोसिस्ट सेन्टर, त्रिपुरेश्वरको हेल्थ केयर क्लिनिक, ज्याठाको कान्तिपुर डायग्नोसिस्ट सेन्टर, त्रिपुरेश्वरको लाइफ केयर प्रिन्स डायग्नोसिस्ट सेन्टर, धुम्बाराहीको लाइफ ट्रस्ट मेडिडायग्नोसिस्ट प्रालि, बाँसबारीको मेडिएसिया डायग्नोसिस्ट सेन्टर, चाबहिलको राजाम मेडिकल सेन्टर, पुल्चोकको साइबा मेडिकल सेन्टर, कुपन्डोलको साउदी नेपाल मेडिकल सेन्टर, डिल्लीबजारको सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *