नक्कली कागजातहरु बनाउने  मेडिकल सञ्चालक पक्राउ

काठमाडौँ, फागुन १८ । आफ्नो तथा अन्य व्यक्तिहरुको नाममा कागजातहरु तयार गर्ने, विभिन्न संघसंस्था तथा सरकारी कार्यालयहरुको छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजातहरु बनाउने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा–१७, रातमाटे घर भइ कोटेश्वर बस्दै आएका कविर श्रेष्ठ भनिने उदय थिङ रहेका छन् । २४ वर्षीय कविर डाक्टर हेल्थकेयर नामक मेडिकल पसलको सञ्चालक हुन् । उनलाई नक्कली कागजातहरु बनाएको प्राप्त सुचनाका आधारमा प्रहरीको अपराध अनुसन्धान महाशाखाले मेडिकलबाटै पक्राउ गरेको हो ।

उनको साथबाट समाज कल्याण परिषद्, लैनचौकको लेटर प्याडमा तयार पारिएका १५ पाना कागजात, उदय सिंहको नामको यूएन अभजर्भर लेखिएको परिचय पत्रको प्रतिलिपी एउटा, नेपाल फार्मेसी परिसर लेखिएको स्टाम्प एउटा, विभिन्न स्कुल तथा कलेज र परीक्षा नियन्त्रण कार्यालयको स्टाम्प समेत बरामद गरिएको छ ।

प्रहरीले थप अनुसन्धान थालेको छ । मुलुकी ऐनमा कागजात कीर्ते गर्ने व्यक्तिलाई १ वर्ष कैद हुने व्यवस्था छ ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *