“नयाँ सामाजिक संजाल मोवाईल एप्स “”Respect & Rise”” को तयारी पुरा”

काठमाडौं, फागुन १८ ।  युवाहरुको लगानी र लामो समयको प्रयास पछि पहिलो चरणमा नेपालीहरुका लागि नै लक्षित गरेर  Respect Inc. Nepal Pvt. Ltd. कम्पनीले नयाँ सामाजिक संजाल मोवाईल एप्स  “”Respect & Rise”” को तयारी पुरा गरेको छ। “”Respect & Rise”” एप्स एण्डरोईड र आईओएस भर्सनमा एकैसाथ प्रयोग गर्न मिल्ने गरि तयार गरिएको छ।

के हो  Respect?

यतिवेला सामाजिक संजालका माध्यमबाट विश्वका सवै क्षेत्रका विभिन्न जानकारी सहित सजिलै पहुँच पुरयाउन सकिन्छ । फेसवुक लगायतका सामाजिक संजालहरुको ठूलो बजार रहेको सन्र्दभमा नेपाल र नेपालीहरुको चाहना अनुरुप प्रयोगकर्ता सर्वसाधारण र व्यवसाय गर्दै आएका कर्पोरेट र अन्य व्यवसायीहरुको व्यवसायीक प्लेटर्फमको निर्माण पक्ष “”Respect & Rise”” को सवैभन्दा बलियो र सफल पक्ष हो। अर्थात छोटो शब्दमा भन्दा “”Respect & Rise”” सामाजिक संजाल प्रयोगकर्ताहरु माझ नयाँ पद्धति सहितको प्लेटर्फम हो। जहा सवैले समयको सदुपयोग गर्दै आवश्यक सूचना र अन्य विभिन्न जानकारीहरु सजिलै पाउने छन ।

“”Respect & Rise”” निमार्ण समुह नितान्त नेपाली ईन्जीनियर सहित नेपाली युवा व्यवसायीको लगानीमा तयार गरिएको हुदाँ पहिलो पटक नै सर्वसाधारण र व्यवसायीक कम्पनी दुवैले स्वतन्त्र रुपले फाईदा लिन सक्ने माध्यम बनाउने

“”Respect & Rise”” को मुख्य उद्धेश्य हो?

हाल ईन्टरनेट प्रयोगकर्ताहरु माझ सवैभन्दा लोकप्रिय बनेको सामाजिक संजालमा धेरै कमले मात्र आवश्यक जानकारी र प्रयोगलाई आर्थिक रुपले उपभोग गर्न नसकेको सन्र्दभमा “”Respect & Rise””ले सर्वसाधारण प्रयोगकर्ता र व्यवसायी दुवैलाई वीनवीन हुनेगरि प्लेटफर्म दिने योजना बोकेको छ । ईन्टरनेटको माध्यमबाट विश्व माझ सजिलै चिनिन मद्धत मिल्नुका साथै यसैको माध्यमद्धारा कुनै न कुनै प्रतिफल “”Respect & Rise””ले दिलाउने लक्ष्य बोकेको छ।

“”Respect & Rise”” को लक्षित समुह वर्ग को हो?

प्रारम्भिक चरणमा नेपालीहरुलाई मात्र समावेश गरिने यो संजालमा क्रमैसंग अन्यसवै क्षेत्र र वर्ग सहित विश्वभरि नै फैलाउने उद्धेश्य राखिएको छ। व्यवसायीक क्षेत्र र सर्वसाधारण वीचको पुलको रुपमा काम गर्ने यो संजालमा तत्काल प्रयोगकर्ता र व्यवसायीक समुह कम्पनीहरुले एक प्लेटर्फम मानेर प्रयोग गर्नेछन।

कसले, कसरी प्रयोग गर्न सक्छ त “”Respect & Rise”” संजाल?

एण्डरोईड र आईओएसमा हालसम्म थुप्रै सामाजिक संजालहरु संचालनमा रहेका छन। तर व्यवसायीक विज्ञापन र प्रयोगकर्ताको रुची के र कसरी व्यवसायीक रुपमा अगाडी वढन सकिन्छ भन्ने प्रयोग “”Respect & Rise”” मा पाउनेमा विश्वस्त छौ। यसमा मुख्यत व्यवसायीक कम्पनीले आफनो कम्पनीको निशुल्क सशुल्क व्यापार प्रर्वद्धन गर्छन भने आम प्रयोगकर्ताले “”Respect & Rise”” मार्फत यसको फाईदा लिने छन । कम्पनीले आफनो उत्पादनको बजार प्रर्वद्धन गर्न “”Respect & Rise”” मा आए लगत्तै आम उपभोक्ताले विशेष छुट सहित विभिन्न अफर पाउने छन।

प्रयोकर्ता र व्यवसायीक कम्पनीलाई के फाईदा हुन्छ त?

“”Respect & Rise”” संजाल मार्फत आम प्रयोगकर्ताले दैनिक उपभोग्य सामाग्री सहित विभिन्न रेष्टुरेन्ट, होटल सहितका व्यवसायीक उत्पादनमा पाईने विभिन्न छुट, रोजगारीका अवसर तथा अन्य विभिन्न सेवा पाउने छन ।

भने व्यवसायीक कम्पनीलाई आफनो उत्पादन, सेवा तथा अन्य गतिविधिहरुलाई लाखौ लाख प्रयोगकर्ताहरु माझ सजिलै वजार प्रर्वद्धन गर्न पाउने छन।

“”Respect & Rise”” को फेसबुक तथा अन्य संजालहरुसंग कुनै सम्बन्ध छ?

“”Respect & Rise”” को फेसबुक, गुगल तथा ईस्न्टग्राम लगायतका सामाजिक संजालहरुसंग पनि सम्बन्ध स्थापित गर्न सकिन्छ। जसरी फेसबुक र ईन्स्टग्रामसंगै प्रयोग गर्न मिल्छ ठिक त्यसैगरि “”Respect & Rise”” पनि संगसंगै चलाउन मिल्छ।

“”Respect & Rise””, फेसबुक र अन्य सामाजिक सन्जाल भन्दा के फरक छ त?

सवैभन्दा फरक र नौलोपक्ष भनेको आम प्रयोगकर्ता, व्यवसायीक कम्पनी र सामाजिक संघसस्थाहरुले यसलाई आफनै ढंगले व्यवसायीक रुपमा प्रयोग गर्न पाउने छन।

अहिले हामी के गर्दै छौ त?

“”Respect & Rise”” मार्च १० तारिक तुधिखेल मा आयोजन हुन लागेको दबाङ्ग्ग यात्रा को अन्तरस्त्रीय अन्लाईन टिकटइङ साझेदार भएको छ अब जो कसैले यो मोबाईल आप डाउनलोअद गरी एस आप को माधय्म बाट सो कार्यक्रम को टिकट दिस्कोउन्त्मा खरिद गर्न सक्नु हुनेछ ।

‘””Respect & Rise”” पूर्ण रूप को नेपाली आप

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *