७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय बृद्ध पक्राउ

काठमाडौं, फागुन १८ । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगर–६ का ६५ वर्षीय बृद्ध पक्राउ परेका छन् ।

पानबारीको रायचौरीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका रत्नबहादुर परियारले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

आरोपित परियारले गत बुधबार साढे १२ बजे दिउँसो घरमा कोही नभएको मौका पारेर बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *